Logo

एनआईसी एशियाको निःशुल्क आन्तरिक रेमिट्यान्स सेवा



काठमाडौ, फागुन २३ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल विस्तार गर्न सफल एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा प्रदान गरेको छ । यस योजनाअन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउन्टरहरूबाट नेपालभरि एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने बैंकले जनाएको छ ।

उक्त योजनाअनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । एनआईसी एशिया बैंकले हालसम्म मुलुकभर ३१९ शाखा कार्यालय, १०७ एक्सटेन्सन काउन्टर, ५६ वटा शाखारहित बैंकिङ इकाई, ४४५ एटीएम काउन्टर तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्