Logo

सरकारले स्थगन ग¥यो वैदेशिक श्रम स्वीकृति



काठमाडौ, फागुन २३ । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको सन्त्रास कम नभएसम्म श्रम स्वीकृति दिने काम हाललाई स्थगन गरिएको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरिया, चीन, इरान, जापान र इटालीको अनअराइभल भिसा समेत रोकेको सरकारले नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुकमा समेत कोरोनाको प्रभाव तीव्र गतिमा फैलिएपछि संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार पठाउन बन्द गरेको हो ।

श्रमिक पठाउने विषयमा मंगलवार वैदेशिक रोजगार व्यवसायी संघ र मन्त्रालयबीच छलफल राखिएको थियो । वैदेशिक रोजगार व्यवसायी संघले नेपालमा अहिलेसम्म एकजनामा पनि कोरोना भाइरस भेटिएकोले रोजगारदाता मुलुकले नेपाली श्रमिकलाई रोक नलगाएसम्म नेपालले पनि श्रम स्वीकृतिमा रोक नलगाउन सरकारसँग माग गरेको छ । तर सरकारले कारोना भाइरसको सन्त्रास हटेपछि प्रदान गर्ने काम नियमित हुने जनाएको छ । हालसम्मको तथ्यांकअनुसार चीनमा दुई हजार नौ सय ४५ मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको छ । दक्षिण कोरियामा २८, इरानमा ७७, इटालीमा ५२, जापानमा छ, फ्रान्समा तीन, अमेरिकामा छ, हङकङमा दुई, थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सनफ्रान्सिस्को र फिलिपिन्समा एक÷एकजनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएका मुलुकबाहेक अन्य गन्तव्य मुलुकले पनि सतर्कता अपनाउन थालेसँगै नेपालले पनि विभिन्न कार्ययोजना बनाएको हो । सरकारले अत्यावश्यक काममा बाहेक घुमफिर, अध्ययन, मनोरञ्जनको लागि विदेश नजान आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्