Logo

४०२ खर्ब नोक्शान पुर्याउने कोरोना भाइरस



रिपोर्टर्स नेपाल, २३ फागुन । कोरोना भाइरसका कारण विश्वमै आर्थिक क्षति पुगिरहेको छ । उत्पादन देखि आयात निर्यात र आवातजावत समेत प्रभावित हुँदा धेरै मुलुक प्रभावित भएका छन् ।

विशेषगरी निर्यातमुखी अर्थतन्त्र प्रभावित भएका छन् । यो आर्थिक क्षतिले दुरगामी असर पर्ने देखिदैछ । सबैभन्दा ठूलो क्षति चीन, दक्षिण कोरिया, जापान जस्ता देशहरुले भोग्नुपरिरहेको छ । अमेरिका र यूरोपले पनि ठूलो क्षति भोग्ने अवस्था सृजना भएको छ ।

एशियाली विकास बैंकका अनुसार कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा ४०२ खर्ब नेपाली रुपैयाँ बराबरको क्षति हुनसक्छ । ३४७ अर्ब डलरको नोक्शानी देखिइसकेको भन्दै विश्वकै आर्थिक वृद्धिमा असर पर्न सक्छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस प्रभावित देशहरुका लागि अर्बौं डलर सहयोगको घोषणा गरिसकेका छन् । अमेरिका, चीनलगायतका धनी देशहरुले रोगविरुद्ध अरबौं डलर खर्च छुट्याइसकेका छन् ।

अमेरिका, चीन र भारतले कोरोना भाइरसविरुद्ध खोपको विकास गरिरहेका छन् । यसले जतिसक्दो छिटो अन्तिम रुप पाउने बुझिएको छ । चीनको सेना, अमेरिका र भारतको ठूला खोप कम्पनिहरुले रिसर्चका लागि मात्र अरबौं रुपैयाँ खर्च गरिरहेका छन् ।- एजेन्सीको सहयोगमा Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्