ललितपुर, २३ माघ । बलात्कार अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुमाथि बयान लिने क्रम बढेको छ । उनीमाथि शुक्रबार सरकारी वलिकको कार्यालय ललितपुरमा बयान भएको हो । बयान नसकिएकाले अर्को हप्ता पनि चल्नेछ ।
बिउजुविरुद्ध २१ वर्षीया महिलाले जर्बजस्ती करणी गरेको किटानी जाहेरी दिएपछि पक्राउ गरिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी ती महिलाले खिउजु चापागाउँ वृत्तको डिएसपी हुँदा घटना भएको अभियोग लगाएकी छिन् । जागिर खान प्रहरी रिपोर्ट बनाउन पुग्दा आफूलाई जर्बजस्ती गरेको र पछि ब्ल्याकमेल गरेर करणी गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् ।
भक्तपुर घर भएका खिउजु राजीनामा दिएर बसिसकेका छन् । तिनै महिलासँगको विवादले तनावका कारण उनले राजीनामा दिएको बुझिएको छ ।
प्रहरी वृत्त चापागाउँका डिएसपी हुँदा राजकुमार खिउँजुले सरकारी शयन कक्षमा लगेर यौन दुव्र्यवहार गरेको महिलाको अभियोग छ । यो घटना २०७५ मंसिर ३० गतेको भएको उल्लेख छ ।
चापागाउँ भन्दा परको महांकल गाउँपालिका घर भएकी महिला सेक्युरिटी कम्पनिमा गार्डको रुपमा जागीर खाने तयार गरेकी थिइन् । त्यसका लागि नजिकेको प्रहरी कार्यालयबाट पुलिस रिर्पोट ल्याउन भनिएको थियो । त्यही कामका लागि चापागाउँ प्रहरीमा पुगेकी थिइन् । देख्ने बित्तिकै डिएसपिले ‘पुलिस रिर्पोट यहाँबाट बन्दैन, जावलाखेल जानुपर्छ, तर चिया पिएर जानु’ भन्दै आफ्नो शयन कक्ष तिर लगेको उनको आरोप छ ।