आचार्य चाणक्य यस्तै महान व्यक्तित्व थिए जसले नयाँ सिद्धान्त दिए । पूर्वीय दर्शनलाई अझ समृद्ध पारे । मौर्य साम्राज्यका संस्थापक चाणक्य प्रख्यात राजनितिज्ञ, चतुर कुटिनितिज्ञ र अर्थशास्त्री बने ।
यती धेरै शताब्दीहरु बितिसक्दा पनि चाणक्यले लेखेका सिद्धान्तहरु र नितिहरु प्रासंगिक छन् यसले उनले गरेको अध्ययन, चिन्तन र जीवनका अनुभवहरुबाट प्राप्त गरेको अमुल्य ज्ञान, मानव कल्याणको उद्देश्यको साथ पुर्ण निस्वार्थलाई व्यक्त गर्दछ ।
चाणक्य निति–आचार्य चाणक्यको नितिहरुको अद्भुत संग्रह हो जुन आज दुई हजार चार सय वर्ष पहिले लेखिएका थिए जुन आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।
चाणक्य निति मार्फत मित्रहरुको पहिचान, दुश्मनबाट भिन्नता, महिला बीचको भेदभाव, खेतीपाती र चरित्र, राजाको कर्तव्य र जनताको अधिकार र वर्ण प्रणाली आदीको समाधान हुन्छ ।
जसले धर्मशास्त्रको ज्ञान लिन्छ र उसले सबैभन्दा गौरवशाली कर्तव्यको सिद्धान्तहरु सिकेर राम्रो नराम्रो पनि जानेको हुन्छ अन्तत उसले राम्रो सिक्छ ।
तसर्थ व्यक्तिलेहरुले मानिसहरुको फाइदाको लागि सबैचीजहरुलाई सहि परिपे्रक्ष्यमा देख्दछन् ।
मुर्खलाई सल्लाह दिएमा, दुष्ट पत्निको पालनपोषण गरेमा, दुखि मानिससँग घनिष्ट सम्बन्ध भएमा विद्धान र पण्डित फस्छन् ।
एक दुष्ट पत्नि, झुटो मित्र, दुष्ट नोकरको संगत गर्नु भनेको सर्पको निवासमा मृत्युसँग सामना गर्नु बराबर हो ।
मानिसहरले आउने समस्याको लागि धन सम्पत्ति सँगालेर राख्नु पर्दछ ।
धन सम्पत्ति त्याग गरेर पनि आफ्नो श्रीमतीको सुरक्षा गर्नुपर्दछ । तर आत्माको सुरक्षाको कुरा आउँछ भने धन र श्रीमती दुवैलाई वस्तुको रुपमा सोच्नुपर्छ ।
धनी मानिसलाई समस्या छैन भनेर नसोच्नुस् जब पैसा कमाउन छोडिन्छ, संकलित पैसा पनि चाँडै सकिन्छ ।
जँहा तपाईको सम्मान हुदैन र ज्ञान प्राप्त गर्न नसक्ने ठाउँमा, कहिल्यै नजानु
यी ठाँउमा एक दिन पनि बस्न हुदैन –एक धनी मानिस, एक ब्राम्हण जो वैदिक शास्त्रमा दक्ष छन्, एक राजा, एक नदि र एक डाक्टर ।