Logo

चाणक्यनीतिः जीवन सुखी र सार्थक बनाउन सकिने सूत्र



एक ज्ञानी मानिस कहिल्यै त्यस्तो देशमा जानु हुदैन । जहाँ रोजगार गर्ने कुनै तरिका छैन

–जहाँ मानिसहरु कुनै पनि कुराको लागि पनि डराउँदैनन्

–जहाँ कुनै कुराको लागि लाज मान्दैनन्

–जहाँ मानिस बौद्धिक छैन

–जहाँ मान्छेको मनोवृत्ति दानमा छैन ।

नोकरको परिक्षा उसले गर्ने कर्तव्य बारे जाँच गर्नुहोस्

आफुलाई समस्या पर्दा आफन्तहरुको जाँच गर्नुहोस् ।

प्रतिकु्ल परिस्थितीमा आफ्नो साथीको परिक्षा लिनुहोस्

आफ्नो परिस्थिती ठिक नभएको समयमा श्रीमतीको जाँच गर्नुहोस् ।

एक असल मित्र त्यो हो, निम्न परिस्थितीमा हामीलाई साथ दिन्छ ।

–जब समयमा आवश्यक हुन्छ

–दुर्घटना पर्दा

–अनिकाल लाग्दा

–युद्ध भइरहदा

–राजाको दरवारमा जाँदा

–जब हामी शिखरमा जान्छौ

ज्ञानी मानिसले अविवाहित केटीसँग विवाह गर्नुपर्दछ, एउटा अनुसासन हिन घरको सुन्दर महिलालाई पनि विवाह गर्नु हुँदैन । विवाह जहिले पनि समान घरहरुमा गर्नुपर्छ ।

यीनीहरुको कहिल्यै विश्वास नगर्नु

–नदीहरु

–हतियार धारी मानिसहरु

–नङ्ग्रा भएका जनावरहरु

–राज घरानाका मानिसहरु

–महिलाहरु (सुरत तर्फ भोका भएका)

यदि सम्भव भएमा फोहोरको सुनलाई धोइपखाली आफुसँग राख्नुहोस् ।

सम्भव भएमा विषबाट अंमृत निकाल्नुहोस् ।

तल्लो कु्लबाट जन्मेका मानिसहरुले सबैभन्दा राम्रो ज्ञान लिन्छन् ।

बदनाम घरकी छोरीसँग पनि महान गुणहरु हुनसक्छन् । यदि तपाईलाई सिकाउछीन भने ग्रहण गनर््होस् ।

महिलाहरु प्रति पुरुषहरुको अपेक्षाहरु

–भोक दुई गुना

–लाज चार गुना

–साहस छ गुना

–काम आठ गुना



प्रतिक्रिया दिनुहोस्