काठमाडौं, २४ फागुन । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालाबजारीलाई खोजीखोजी कारबाही गर्ने बताएका छन् । उनले विश्वभर संकट परिरहेको मौका छोपी कालाबजारी गर्नेलाई कुनै हालतमा छुट नदिने बताए ।
आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बजारमा सरकारले कुनै पनि बस्तुको आवस्यकता हुन नदिने बताए। अहिले नेपालमा सवै प्रकारका उपभोग्य बस्तुको पर्याप्त स्टक रहेको र आयात पनि भइरहेको बताए ।
कालोबजारियाहरुलाई छानीछानी कारवाही गर्ने दैनिक अनुगमनको व्यवस्था मिलाइएको समेत बताए । अहिले सम्म कोरोना संक्रमित नभेटिए पनि भारतमा भेटिएको र भारतमा आएपछि नेपालमा पनि आउने आसंकाले बजारमा कुनै पनि सामान नपाइने गलत हल्ला चलाइएको बताए ।
हल्लाको पछि लागेर उपभोक्ताहरुले पनि अनावस्यक सामान स्टक गर्न थालेकोले व्यापारीहरुले पनि सामान स्टक गर्न थालेको भन्दै मन्त्री भट्टले कसैले पनि सामान बजारमा पाइदैन कि भनेर आत्तिनु नपर्ने बताए । सरकारले उत्पादन गर्ने सवै उद्योगी, व्यावसायी संगठनहरु, खुद्रा बजार संगठन र सरकारी संस्थाहरुलाई राखेर छलफल गर्दा कसैले पनि सामान अभाव हुने अवस्था नआउने बताएको जानकारी दिए ।
मन्त्री भट्टले भने,‘ बजारमा सामान स्टक राख्ने प्रचलन बढेकाले अभाव देखिएको हो । व्यवावसायीहरु संग छलफल गरेका छौ । उनिहरुले अभावको अवस्था नभएको बताएका छन् । साल्टट्रडिङ र नेशनल टे«डिङसंग पनि सोधेका छौ । उनिहरुले पनि आठ दश महिनालाई अभाव नहुने बताएका छन् । बाहिर बाट सामान पनि आइरहेकै छ । त्यसैले कुनैपनि बस्तुको अभाव हुदैन’ ।
संसदमा सार्वजनिक महत्वको प्रस्ताव आइसकेको र त्यसलाई अगाडी बढाएर संक्रमण रोक्न पहल गरिने भन्दै केहि पाइदैन र सरकारले तयारी नै गरेको छैन भन्ने जस्ता हल्ला नचाउन पनि आग्रह गरे। सदनमा आएको प्रस्तावलाई सवै राजनीतिक दलहरुमा एक रुपता भएकाले पनि अब आतिनुपर्ने अवस्था नरहेको बताए ।
उनले भने,‘ सामान लुकाउनेलाई कारवाही भइरहेको छ । बाणिज्य विभाग र औषधी विभागले मिलेर अनुगमन गरिरहेका छन् । प्रदेश र स्थानीय सरकारलाई पनि तयारीमा रहन निर्देशन दिएका छौ । आम उपभोक्ताले पनि आवस्यक भन्दा बढी सामान राखिदिनु भएन । फलफुमा पनि समस्या छैन । यति बेला राष्ट्रलाई पर्ने समसस्यामा व्यावसायीहरुले पनि साथ दिनुपर्छ’ ।
पेट्रलियम पदार्थ र ग्यासको कुनै अभाव नहुने र औषधीको पनि अभाव नभएको बताए । भारतले २६ प्रकारका औषधी फेरी पठाउन सहमति जनाईसकेकाले समस्या नहुने र पेट्रोलिम पर्दाथ र ग्यासको कालोबजारी गर्न धेरै अभावको हल्ला चालाइएको बताए। आयल निगमनलाई अनुगमन गर्न निर्देशन दिइएको र पर्याप्त भएको बस्तुलाई अभाव देखाउनेमाथि कारवाहीका लागि सामानन्य प्रशासन मन्त्रालयसंग थप जनशक्ति मागिएको उनले जानकारी दिए ।-File Photo