काठमाडौं, फागुन २४ । भान्छामा प्रयोग हुने लसुन तरकारी मिठो बनाउनेमात्र नभई औषधीको समेत काम गर्ने त हामीलाई थाहा नै होला । विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छ। बिभिन्न खोज तथा अनुसन्धानले लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्ने प्रमाणित गरिसकेको छ ।
लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आप्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ । साथै हामी लसुनको बोक्रलाई फोहोरको रुपमा फाल्ने गरेका छौ । यसलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् । यसले कपाल झर्ने समस्या जरैदेखि उखेल्छ । लसुनको बोक्रालाई सूप वा चिकेट स्टक बनाउने बेला त्यसमा मिसाउनुहोस् । यसले स्वाद बढाउँछ । लसुनको बोक्रालाई पिसेर डण्डिफोरमा लगाउनुहोस् । यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुणले डण्डिफोर ठिक गर्न सहयोग गर्दछ । लसुनको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रुघा–खोकीबाट राहत मिल्छ ।
लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् । यसो गर्दा खुट्टा सुन्निएको छ भने हट्छ । लसुनलाई पिसेर यसमा मह मिसाउनुहोस् । यसलाई बिहान बेलुका खाँदा दमको असर कम हुन्छ । लसुनको बोक्रालाई पेष्ट बनाउनुहोस् । यसमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा जुम्रा हराउँछ । लसुनको बोक्रलाई एक प्यानमा तातो बनाएर त्यसको पाउडर बनाउनुहोस् । यसमा जैतुनको तेल मिसाएर कपालमा लगाउँदा कपालको रङ कालो हुन्छ ।
यसको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई चिसो गरेर बोटबिरुवामा हाल्दा चाँडै बढ्छ ।
लसुको बोक्रलाई पिसेर छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।