काठमाडौं, २४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक पछाडि परे पनि अहिले विकासको मूल फुट्न थालेको दाबी गरेका छन् । बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको मनाङे चौतारा तमु समाजको नवनिर्मत दुईतले भवनको उद्घाटन गर्दै उनले भने, “वर्तमान सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को महान अभियान लिएर विकासका मूल फुटाउन थालेको छ ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले पनि स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायतका क्षेत्रमा लगानी गरिरहेको जानकारी दिए । file photo