धेरै महिलाहरुको पाठेघरमा समस्याहरु देखिदै आएको छ । त्यसमा पनि पाठेघर खस्ने समस्या त आम महिलाको समस्या भएको छ । पाठेघर खस्ने समस्या धेरै भएको तथ्यांक आएको छ । कस्ता कारणले गर्दा पाठेघर खस्नमा प्रश्रय पुग्छ त ? यो रोग लागेमा लक्षण कस्ता हुन्छन् ? उपचार कसरी गर्ने त ? यसको बारेमा चर्चा गरौ ।
कस्तो किसिमको रोग
महिलाहरुले बच्चा जन्माउन पर्ने भएकोले तल्लो पेट भएकोले पेटमा पाठेघर बसेको हुन्छ भने पुरुषहरुको तल्लो भाग भरिएको हुन्छ । त्यस्तै जनावरहरुको शरीरको बोझ तल्लो भागमा पदैन । महिलाहरुले बच्चा जन्माउदाँ धेरै तन्तु र नशाहरुको नाश हुनेहुनाले पाठेघरका तन्तुहरु सुस्त हुन्छन् । ढिला भएकै कारणले पाठेघर र पाठेघर वरिपरिका भागहरु तल झर्न थाल्छन् । तल नझरोस् भनेर विभिन्न प्रकारका लिगामेन्टहरुले सहयोग गरिरहेका हुन्छन् । योनीको लिगामेन्टहरु कमजोर भई महिलाहरुको पाठेघर तल झर्छ यसैलाई ‘आङ खसेको’ वा पाठेघर झरेको भनिन्छ ।
पाठेघर खस्नुका कारण
यसमा दुईवटा कारणहरुको मुख्य भुमिका हुन्छ । महिनावारी सुक्ने बेला भएका वा सुकेका र बच्चा पाएका महिलाहरुमा बढी मात्रामा यो समस्या देखा पर्दछ । धेरै बच्चा पाएको, ट्युमर पलाएको, पेटमा पानी जमेको, लामो समयसम्म खोकी लागेको वा कब्जियत भएको छ भने त्यसले पेटलाई प्रेसर दिन्छ । महिलाहरुको महिनावारी सुक्ने बेलामा तन्तुहरुले आफुले समातेको ठाउँ विस्तारै छोड्दै जान्छ र त्यसले तल झर्न टेवा पुर्याउँछ ।
त्यो निस्कने बाटो भनेको बच्चा निस्कने ठाउँ नै हो । पेट भित्रको चाप बाहिर आउन पाठेघरलाई घचेट्नुपर्छ ।
पाठेघर तल झर्नुको कारणहरु
बच्चा जन्माउने जन्मान्तर कम भएको
धेरै बच्चा जन्माएको
पटक पटक बच्चा जन्माएको
महिनावारी सुक्ने बेला हर्मोन कम हुँदै गएर
सुत्केरी समयमा गहु्रगो भारी बोकेर
जन्मजात नै पाठेघर समात्ने तन्तु कमजोर भएर
निकै कम मात्रामा वंशाणुगत समस्या पनि हुनसक्छ ।
बच्चा नजन्माएको महिलामा पनि यो समस्या हुन सक्छ । जन्मजात नै पाठेघर कमजोर भएका महिलाहरुले बच्चाको जन्म नदिएको भएपनि पाठेघरको समस्या भोग्नु पर्ने हुन्छ ।
यसका लक्षणहरु
योनी बाहिर केही चिज आए जस्तो हुनु
योनीबाट रगत मिसिएको सेतो पानी बग्नु
टुक्रुक्क बस्दा योनीबाट टुसो बाहिर आउनु
पिसाब गर्न गाह्रो हुनु, छिटो छिटो पिसाब लागी, पिसाब ननिख्रिनु
पछाडीको भाग दुख्नु
भारी बोक्दा केही खस्न लागेजस्तो हुनु
दिशा बस्दा पहिला नै केही आउन लागेको महसुुस हुनु
पाठेघर तुरुन्त खसीहाल्ने नभई लामो समयसम्म पिडा दिने रोग हो । यो पाठेघरलाई अड्याउने तन्तु लिगामेन्ट कमजोर भई बिस्तारै बिस्तारै तल तल झर्दै जाने प्रक्रिया हो ।
उपचार
यो समस्या धेरै जसो ग्रामीण भेगका महिलाहरुले भोगेका छन् । सामान्य रुपमा हेर्दा लामो समयसम्म सुत्केरी बेथा लागेका, जन्मान्तर कम राखेका, धेरै बच्चाको जन्म दिएका र महिनावारी सुकेका महिलाहरुमा बढी पाइएको छ ।
वरिपरिका तन्तुहरु लुज भएमा कसरत गरेर पनि ठिक पार्न सकिन्छ । यो सुरुको अवस्था हो । खसेको भागलाई माथी लैजान सकिन्छ ।
१.चुरा आकारको रिङ प्रयोग
यो चक्का राख्ने विधि हो । यो विधि तत्काल शल्यक्रिया नगर्ने अवस्थाको लागि मात्र हो । यसको नियमित जाँच गरी समय समयमा परिर्वतन गरीराख्नु पर्छ । यसले झरेको पाठेघरलाई अड्काउनको लागि योनीको भित्रि भागमा राखिन्छ । तर यस्को आफैले जाँच गरिरहनुपर्छ । नियमित जाँच नगरेमा घाउहरुको संक्रमण भई अन्त्यमा भयावह अवस्थाको रुप लिन पनि सक्छ ।
२. शल्यक्रिया विधि
पाठेघर निकालेर फाल्दैमा समस्या समाधान नहुन सक्छ । पाठेघर आफैमा समस्या भने होइन्, यसलाई समात्ने तन्तुहरुको कमजोरीको कारण खस्ने हो । यसको शल्यक्रिया ठुला अस्पताल सबैमा हुन्छ ।
यसको उपचारमा ढिलाई भएमा पाठेघरको मुखमा घाउ भई संक्रमण हुनसक्छ ।
पाठेघर तल तल झर्दै पछि गएर पिसाब नै बन्द हुने खतरा हुन्छ ।
तन्तुहरु धेरै नै कमजोर भएमा शल्यक्रिया गर्दा पनि फेरी समस्या बल्झने सम्भावना हुन्छ ।
यो रोग धेरै जसो ग्रामीण क्षेत्रका महिलाहरुलाई हुने तथ्यांकले देखाएको छ ।
एउटा बच्चा पाउँदैमा पाठेघर खसेमा पनि अर्को बच्चा जन्माउन सकिन्छ, त्यसका लागि धेरै कुरामा ध्यान दिनुपर्छ ।
जन्मान्तरमा ध्यान दिने
सुत्केरी भएको समयमा नियमित जाँच गर्ने र आराम गर्ने
बच्चा जन्माउने योजना गर्नुअघि स्वास्थ परिक्षण गर्नु राम्रो
बच्चा धेरै जन्माउने
नियमित व्यायाम गर्ने
स्वस्थ जिवन बिताउने
स्वास्थ संस्थामा सुत्केरी गराउने
सुत्केरी हुँदा र भइसकेपछि पोषिलो खानेकुरा खाने
बच्चा जन्माएपछि असर गर्ने खालको गाह्रो काम नगर्ने
नेपालको ग्रामीण महिलाहरु घाँस दाउरा, पानी पँधेरोमा उकाली ओराली गर्नुपर्ने बाध्यताका कारण धेरै रोगहरुसँग सामना गर्नुपरेको छ । गाउँमा धेरैजसो महिलाहरुले धुम्रपान तथा मद्यपान गर्छन् । उनीहरुको खानपान पनि पोषणयुक्त छैन । सुत्केरी भएको समयमा पनि कामकाजमा खट्नुपर्ने हुनाले उनीहरु झन् कमजोर हुदै गएका छन् । त्यस्तै गरी बच्चाको जन्मान्तर पनि निकै कम हुने भएकोले आङ खस्ने समस्याको सिकार हुने गरेका छन् -एजेन्सीको सहयोगमा