Logo

भगवान नरसिंहले किन गरे हिरण्यकशिपुको संहार



धेरै कथाहरु होली चाडसँग सम्बन्धित छ । सबैभन्दा प्रसिद्ध प्रह्लादको कथा छ । प्राचिन समयमा हिरण्यकशिपु नामको एक शक्तिशाली राक्षस थिए । आफ्नै शक्तिको बलमा आफैलाई परमेश्वर मान्न थाले उसले आफ्नो राज्यमा ईश्वरको नाम प्रतिवन्ध लगाए ।

हिरण्यकशिपुको पुत्र प्रह्लाद ईश्वरका भक्त थिए । प्रह्लादको ईश्वर प्रति भक्ति देखी क्रोधी भएर हिरण्यकशिपुले छोरालाई धेरै कठोर सजाय दिए तर उनले ईश्वरको भक्ती गर्न छाडेनन् । हिरण्यकशिपुको बहिनी होलिकालाई आगोमा भस्म नहुने वरदान दिएर प्रह्लादलाई काखमा राखेर आगोमा बस्न आदेश दिए । उनको आदेशअनुसार होलिका आगोमा प्रह्लादलाई लिएर बसिन्, होलिका जलेर खरानी भइन् तैपनि प्रह्लाद जिवित भए ।

ईश्वर भक्त प्रह्लादको सम्झनामा यस दिन होलि प्रज्वलित हुन्छ । उत्पीडनकी प्रतिक होलिका जलेर प्रेम तथा उल्लासको प्रतिक पह्लाद बाँँच्न सफल भएकोमा खुशी मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्