होली मनाउनुमा दुई वटा मान्यता रहेका छन् । पौराणिक मान्यता र सामाजिक मान्यता जान्नु आवश्यक हुन्छ ।
पौराणिक मान्यता
भगवान नरसिंहको रुपमा यसै दिन प्रकट भएका थिए । उनले हिरण्यकश्यप राक्षसको हत्या गरे, उक्त दृष्य भक्त प्रहलादले हेरिरहेको थिए ।
हिन्दु महिना अनसार नयाँ सम्वत होलीको दिनबाट शुरु हुन्छ ।
चैत्र कृष्ण प्रतिपदाको दिन धर्तीमा पहिलो मानव मनुको जन्म भएको थियो ।
यसैदिन कामदेवको पुर्नजन्म भएको थियो । यो सबै खुशी मनाउनको लागि रंगोत्सव मनाइएको हो ।
त्रेतायुगमा विष्णुको आठ अवतार श्री कृष्ण र राधारानीले होलीको रंगोत्सवमा प्रेमका रंग पनि चढाएका थिए । श्रीकृष्ण होलीको दिनमा राधारानीको गाउँ बरसानेमा गएर राधा र गोपिनीसँग होली खेल्थे । कृष्णको रंगीलाले हा ेलीलाई रमाइलो बनायो र प्रेम र स्नेहको उत्सव बन्यो ।
भगवान श्रीकृष्णले यस दिन पुतना नाम गरेको राक्षसका हत्या गरेका थिए, यसै खुशीमा गोपिनी र ग्वोलाहरुले रंग खेलेर रमाइलो मनाएका थिए ।
सामाजिक मान्यता
होली बसन्तको चाड हो र यो चाड आइपुग्दा चिसो मौसमको समाप्त हुन्छ । यसको केहि हिस्सा बसन्त ऋतुसँग सम्बन्धित हुन्छ । किसानहरुले होलीलाई राम्रो बाली उत्पादन गर्ने आशामा हेरेका हुन्छन् । यसलाई वसन्त उत्सव वा कार्य उत्सवको रुपमा पनि लिइन्छ ।
यस दिन आपसी रिसलाई बिर्सेर एक अर्कामा रंगले चिन्न नसक्ने गरी भरिदिन्छन् । मानिसहरु शिव जस्तै देखिने हुनाले भोलेशंकर पनि प्रसन्न हुने गर्छन ।
यसदिन शिव र शिवभक्तहरुको साथमा होली खेलेर आनन्द, मज्जा लिएर प्रेम र भक्तिको आनन्दमा डुब्छन् ।