एकपटक कपाल फुलीसकेपछि पुनः प्राकृतिक रुपले कालो हुनसक्छ त ? धेरैले कपाल फुलिसकेपछि कालो बनाउने प्रयास गर्छन् । कतिपयले यसका लागि ठूलो धनराशी खर्च गर्छन् ।
कपाल कालो बनाउन कसैले रङ्ग हाल्छन् त कसैले प्राकृतिक उपचार पद्धति पनि अपनाउँछन् । तर, एकपटक कलाप फुलिसकेपछि फेरि कालो हुने सम्भावना छैन । फुलीसकेको कपाल कदापी प्राकृतिक रुपले कालो हुनसक्दैन ।
स्वभाविक रुपमा वृद्ध अवस्थाकै कारणले कपाल फुल्दछ । तर मानसिक तनाव, प्रदुषण, आनुवांशिक गुण, भिटामिनको कमीका कारणले केही मानिसहरुमा कम उमेरमा कपाल फुलेको पाइन्छ । यसलाई प्राकृतिक रुपमा पुनः कालो गराउन सकिदैन तर भौतिक रुपमा केही तरिकाहरु अपनाउन सकिन्छ । ती यसप्रकार छन्ः
-नरिवल अथवा तोरीको तेल प्रयोग गर्ने
-मेलान्कोन औषधी खाने जसले कपालमा मेलानीनको मात्रा बढाउँछ र कपाल स्वस्थ हुन्छ ।
-करी पातको प्रयोग गर्ने
-कपालमा रासायनिक कलर अथवा डाइ हाइलाइट्स गर्ने –एजेन्सीको सहयोगमा