Logo

फागुपूर्णिमाको शुभकामना



काठमाडौँ, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न फागुपूर्णिमा (होली) ले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका छन् ।

होलीको अवसरमा राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ, यस पर्वले सबै नेपालीमा खुसी छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवद्र्धन गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु, होली पर्व यो वर्ष पहाडी र हिमाली जिल्लाहरुमा फागुन २६ गते र तराईका जिल्लाहरुमा फागुन २७ गते मनाइदैछ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्