काठमाडौं, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल भविष्य बोकेका नेता मानिन्छन् । लामो राजनीतिक अनुभव सँगालेका पोखरेलले नेकपा भित्र र बाहिरको पछिल्लो राजनीतिक अवस्थाको चिरफार गरेका छन् । पोखरेलसँग ऋषि धमलाले गरेको कुराकानीः
अन्तर्राष्ट्रिय महिला दिवस नमाउने भन्नुभयो, यसरी संस्कार, संस्कृति, विवाह, भोज, भतेर रोकेर कहिलेसम्म सरकार चलाउनुहुन्छ ?
यो त कुनै सरकारले क्रियट गरेको पनि होइन, कसैले रोकेको पनि होइन सबैले सावधानी अपनाउनुपर्ने मुद्दा हो । सरकारले कुनै अरितक्त माइलेज लिनको लागि गरेको होइन । यो त खाली सावधानी अपनाउनको लागि मात्रै हो । यो कुनै डर, त्रास देखाएर अधिनायकवाद लागु गर्नको लागि गरेको होइन । यो त जनहितका लागि गर्नुपर्ने काम हो भनेर गरेको हो ।
सरकारले जापानलगायत विदेश जाने क्रमलाई जारी राखेको छ, अनि देशभित्र हुने कार्यक्रमहरु रोकेर सावधानी हुन्छ ?
सरकारले निर्णय गर्नुअगाडि जानुभएको भए अलग कुरा हो । अब आइन्दा अपरिहार्य नगइनहुने कार्यक्रम भए मात्र जाने भनेका छौं । अर्को कुरा एयरलाइन्सहरु पनि प्रभावित ठाउँहरुमा स्थगन गरेका छौं ।
त्यसोभए प्रभावित मुलुकहरुमा अबदेखि नेपाल एयरलाइन्स जाँदैन हो ?
अब ती ठाउँहरुमा हाम्रा एयरलाइन्स पटक्कै जाँदैन ।
जसरी हाम्रा छिमेकी मुलुक चीन, भारतमा कोरोना भाइरस पैmलिएको छ, ती ठाउँमा आवतजावत रोक्नतिर नेपाल सरकार छ कि छैन ?
आवतजावत नियन्त्रण गरिएन भने संक्रमण बढ्न सक्छ । त्यसका लागि पनि गर्नैप¥यो नि । हामीले छिमेकीसँगको सम्बन्धलाई कुठाराघात गर्न र बिगार्न खोजेको त होइन । पैmलिरहेको माहमारीलाई हामीकहाँ नआइपुगोस् भन्नको लागि अपनाउनुपर्ने के के हुन् त्यो त गर्नुपर्यो । त्यही गर्न खोजेको हो ।
भारतबाट धेरै नागरिकहरु आवतजावत गर्छन् ती ठाउँमा कस्तो चेकजाँच भएको छ ?
यसको बारेमा नेपाली जनतालाई पनि बताएका छौं । भारत सरकारसँग पनि यस्तो खालको सचेतना अपनाउँदा दुवै देशलाई हित हुन्छ भनेर समन्वयात्मक पनि गरेका छौं । यसमा पहिलो कुरा त स्वास्थ्य परीक्षणका कुराहरु गरेका छौं । ती परीक्षणमा केही समस्या देखियो भने त्यही अनुसार व्यवस्था गर्दछौं । अब बाहिरबाट आउनलाई स्वास्थय परीक्षणबाट प्रमाणित भएको हुनुपर्छ मुलुका यात्रीहरुले । त्यसपछि हामी पनि परीक्षण गर्दछौं ।
भारतीय सीमाबाट आउने भारतीय नागरिकहरुलाई क्वारेन्टाइनमा राख्नुहुन्छ ?
उनीहरु जान्छन् आफ्नो कुरा भयो । हाम्रोमा आइसकेपछि क्वारेन्टाइनमा राख्दैपर्छ नि ।
चीनबाट आउनेहरुलाई पनि क्वारेन्टाइनमा राख्नुहुन्छ ?
किन त्यस्तो हो भने त राख्नै पर्यो ।
अहिले अति आवश्यकीय खाद्यान्न, तेल, ग्याँसलगायत अभाव त भएको छ नि ?
चीनबाट आएका विद्यार्थीहरुलाई तोकिएको समयसम्म क्वारेन्टाइनमा राखेर जिम्मेवारी पूर्वक स्वास्थ बनाएर घर पठाउने काम सरकारले ग¥यो । त्यसमा सफल भयो । सरकार कति गम्भीर छ भन्ने कुराको एउटा दृष्टान्त हो । अब पनि त्यस्तो अवस्था आएपरेको खण्डमा व्यवस्था मिलाउँछौं । दोस्रो कुरा हस्पिटलहरुमा पनि आसुलेसनको व्यवस्था मिलाउँछौं । त्यसपछि संक्रमित व्यक्तिहरु भेटिए भने उनीहरुलाई राख्नको लागि आइसुलेसन सेल्टरहरु पनि बनाउँछौं ।
संक्रमणको आडमा अतिआवश्यकीय सामग्रीहरुमा कालाबजारीयाहरु सलबलाएका छन् नि ?
विश्वमा यस्तो संकट आएको छ । हाम्रो देशमा चाहीं बजारमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य बृद्धि गर्ने, सर्वसाधारणसँग बढी पैसा लिनका लागि अनावश्यक मूल्य बृद्धि गरेर लुट्ने गरेका धेरै घटनाहरु छन् । यस्तो अप्ठ्यारो परेका बेलामा कुनै पनि व्यापारी वा तत्वले त्यसो गर्छ भने त्यो सामाजिक अपराध (सोसल क्राइम ) हो । अप्ठ्यारोमा टेकेर सोसल क्राइम गर्नेहरुलाई राज्यले कसरी डण्डित गर्नुपर्ने हो त्यो गर्दछ । यतिबेला हामी सबै मिलेर एकअर्कामा सहयोग गर्ने वातावरण बनाउनुपर्छ । उल्टै त्यसलाई अझ भयावह र असहज बनाउने काम अत्यन्तै अपराधजनक हो । हामी त्यसो नगर्नका लागि सजग गराउँछौं यदि त्यसो गर्दागर्दै पनि मान्दैनन् भने त्यो दण्डनीय विषय हो ।
अब आपूmसँग भएका ग्याँस, चामललगायत सामग्रीहरु लुकाएर राख्ने र ब्ल्याकमा बेच्नेहरुलाई अब कारबाही हुन्छ ?
देशको स्थितिलाई भयाबह बनाउने, कृतिम अभाव सिर्जना गर्ने, अत्यन्तै ज्यादा मूल्यमा बेच्ने, जसले जनतामा हाहाकार पैmलाउने काम जसले गरेको छ । त्यसलाई राज्यले त्यस्ता प्रवृत्ति र पात्रहरुलाई कारबाही गर्दछ ।
बजारमा सामानको अभाव पनि भइरहेको छ, अनि ब्ल्याकमा बिक्री पनि भइरहेको सरकारको ध्यान त्यतातिर किन गएन ?
कतिपय खाद्य सामग्रीहरु हाम्रैमा पनि उत्पादन हुन्छन् । बाहिरबाट आउने सामानहरु तेल, ग्याँसमा अप्ठ्यारो पर्ने गरेको हो पहिलादेखि । ग्याँस पनि अहिलेसम्म सहज र निर्वाध ढंगले आइरहेका छन् । अब त्यसलाई व्यापारीहरुले सर्वसाधारणलाई नदिने, धनाढ्य र पैसावालालाई बढी मूल्य लिएर स्टोर गर्न दिने । आफ्नोमा सकिएपछि किन्न खालका जनतालाई नदिने प्रवृत्तिका व्यापारी र नचाहिने ढंगले किनेर ब्ल्यकमा बेच्नेहरुलाई राज्यले खोजीखोजी कारबाही गर्छ ।
बढीमा ५ रुपैयाँसम्म पर्ने माक्सलाई दुई, तीनदेखि पाँच सयसम्ममा बिक्री गरिएको खोइत अनुगमन भएको ?
खनुगमन भएको नभएको होइन । लुकाएर कसैले बेचिरहेको छ भने त्यसलाई कारबाही हुन्छ । यो एउटा परिस्थितिले सिर्जना गरेको नकारात्मक पाटो हो । जसलाई नकारात्मक पाटोबाटै दण्डित गर्नुपर्छ । यसमा ‘इफ बट’ को कुरै हुँदैन ।
अबदेखि बजारमा अभाव सिर्जना गर्नेहरुलाई सरकारले कडा कारबाही गर्दछ ?
त्यो जोसुकै होस् त्यसलाई सरकारले कडाभन्दा कडा कारबाही गर्छ । यस्तो संकटको अवस्थामा सर्वसाधारणमाथि हाहाकार मच्चाउनेलाई सरकारले छोड्दैन । हामी गछौं, जनताले सरकारलाई साथ दिनुपर्छ । यदि कसैले कालाबजारी गर्छ, मूल्यबृद्धि गर्दछ, सर्वसधारणमा हाहाकार पैmलाउँछ भनेर सरकारले कडाभन्दा कडा कारबाही गर्दछ ।
संक्रमित मुलुकबाट मानिसहरु आइरहेका छन्, चेकजाँच कडा भएन भन्ने जनगुनासो छ नि ?
यसको बारेमा सञ्चारकर्मीहरुले स्थलगत अध्ययन गरेर जनतालाई जानकारी गराउनुहोस् । आजैबाट नेपाल सरकार एयरपोर्टमा चेकजाँच गर्न कत्तिको लागेको रहेछ भनेर स्थलगत अध्ययन गरेर जनतासमक्ष सम्प्रेषण गर्नुहोस् ।
सरकारको प्राथमिकता के हो ?
यतिबेला हामीले सावधानी अपनाउनुपर्ने जरुरी छ । अहिले आवागमतमा सावधानी, बजारमा कृतिम अभाव सिर्जना नगर्न सावधानी अपनाउन जरुरी छ । दोस्रो भइहालेको खण्डमा आवश्यक उपचार, औषधि र उपचार गर्ने स्थिानहरुको व्यवस्था गर्ने भनेर भारत सरकारसँग हामीलाई निर्यातमा सहज गराउन अनुरोध गरेका छौं । उनीहरुले पोजेटिभली रेस्पोन्स गरेका छन् ।
त्यसोभए औषधिको अभाव हुँदैन ?
हामीले आफ्नो उत्पादनलाई पनि कायम राख्ने र बाहिरबाट आउने औषधिको पनि अभाव नहोस् भनेर हामी लागेका छौं ।
भारत सरकारसँग कुरा भएको छ ?
उहाँहरुलाई हामीले तपाईंहरुले उदारतापूर्वक सोचिदिनोस् भनेका छौं । भारत सरकारले सकारात्मक ढंगले लिएको छ ।
नाकाबन्दीको जस्तो समस्या अहिले नेपाली जनताले भोग्नुपर्दैन ?
नाकाबन्दी भनेको अर्कै कुरा हो । अहिले त भारत सरकारले आफ्नै संकटको बोध गरेको छ । त्यसकारण यस्तो बेलामा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्छ ।
नेपाल आएका यात्रीहरु नाकामा बिचल्नी परेका छन् नि जान नपाएर ?
जान पाएनन् भन्दा पनि यसको एउटा प्रोसेसिङ त पार गर्नुप¥यो नि । अहिलेको स्थितिमा आवतजावत गर्न हामीले बनाएको एउटा मापदण्ड छ, त्यो त पार गर्नुपर्छ ।
अब कोरोना नेपाल भित्रिँदैन, नेपाली जनतालाई आस्वस्त पार्न चाहनुहुन्छ ?
यसमा पूर्ण रुपमा सचेत छौं । हामीले सकेसम्म सावधानी अपनाएका छौं । यदि त्यस्तो अवस्था आयो भने त्यसमा समाधान गर्न पूर्ण रुपमा सचेत छौं ।
नेपालमा कुनै समस्या आउँदैन ?
यसमा हमी सजग छौं । भैहालेका खण्डमा रोकथामको लागि पनि तयारी भइरहेको छ ।
यो संकट समाधानका लागि सबै दल एठाउँमा हुनुहुन्छ ?
यसको समाधानका लागि अरु दलहरुलाई जानकारी गराउँछौं । साथै उहाँहरुको सल्लाह, सुझाव लिएर सबैसँग सहकार्य गरेर अगाडि बढ्छौं । सरकारमा बस्नेहरुको मात्रै विषय होइन, सबैको साझा विषय हो । सरकारमा बसेर हामीले के के गरेका त्यो अन्य दललाई जानकारी गराउँदछौं ।
प्रधानमन्त्री दोस्रोपटक मृगौला प्रत्यारोपपछि स्वाथ्यलाभमा हुनुहुन्छ, यसपछि सरकारको काम प्रभावकारी हुन्छ कि हुँदैन ?
पहिलो वर्ष हामीले आधार वर्ष निर्माण ग¥यौं । दोस्रो वर्ष हामीले काम प्रारम्भ गरेका छौं । कृषि, उद्योग, ऊर्जा, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा के के आरम्भ ग¥यौं भन्ने विषयमा हामी दस्तावेज तयार गरेका छौं । ती दस्तावेज मात्रै होइनन् । गरेका कामहरु फिल्डमा देखिन्छन् । आउने वर्षदेखि हामीले गरेका कामहरुको परिणामहरु देखाउँछांै ।
सरकारबाट धेरै राम्रा काम भएभन्दै गर्दा तपाईंकै पार्टी सरकारलाई असयोग भयो नि किन ?
हाम्रो पार्टीभित्रबाट सरकारलाई असहयोग भएको जस्तो मलाई लाग्दैन । र, कुनै पनि नेताहरुले यो तहबाट भूमिका खेल्नुहुन्छ भन्ने पनि म पत्याउन सक्दिँन । केपी ओलीको नेतृत्वमा सरकार बनेको छ । यो सरकार सफल होस् भन्ने माथिदेखि तलसम्मका नेताहरुको त्यही ध्याउन्ना छ । त्यसकारण पार्टीभित्रबाट सरकारलाई असफल बनाउने काम भएको छ भन्ने होइन । कपिय कुरामा आलोचना, टिप्पणीका कुराहरु होलान् । कतिपयलाई योभन्दा यसो गरेको भए हुन्थ्यो भन्ने लागेको हुन सक्छ ।
माधव नेपाल, झलनाथ, प्रचण्ड, वामदेवगायतका नेताहरुहरुले सचिवालयमा प्रधानमन्त्रीलाई अल्पमतमा पारेको होइन ?
पूर्व एमाले र माओवादीवादी फरक–फरक कार्यदिशाबाट आएका शक्ति हुन् । त्यसकारण कुनै पनि काम गर्दा सहमति गर्ने प्रतिवद्धता भएको छ । त्यो सहमतिको मर्मलाई जसले बुझेर काम गर्दैन । त्यसले यो एकता र सहमतिमा आँच पु¥याउने काम हुन्छ । सहमतिका साथ अगाडि जाने त्यसै भनिएको छैन । यहाँ अलग–अलग कार्यदिशा लिएर आएका पार्टी एक भएका छन् । त्यो सहमतिलाई टेकेर जाँदा अल्पमत, बहुमत हुन सक्छ । त्यसलाई आधार मानेर अल्पमत बहुमतको कुरा गर्दा अप्राकृतिक हुन्छ ।
पार्टी प्रचण्डले चलाउने सरकार केपी ओलीले चाउने सहमति भएको हो ?
यसमा जे सहमति भयो त्यो सर्वजनिक नै छ । पहिला आलोपालो भन्ने कुराले मानिसलाई अलमल पारेको थियो । त्यो होइन है भनेर थप क्लियर पनि गरियो । एउटा एउटाले चलाउने अर्को अर्कोले चलाउने पनि होइन । केपी ओली सरकारको नेतृत्व गर्ने व्यक्ति किन हो भन्ने कुरा सर्विदितै छ । हाम्रा दुवै अध्यक्ष कार्यकारी हुन् । प्रचण्डजी कार्यकारी अध्यक्ष हुनुभयो भनेर सञ्चारमाध्यमले खुब बडावा दिनुभयो त्यो यथार्थ होइन । पुष्पकमल दाल प्रचण्ड पहिला पनि कार्यकारी नै हुनुहुन्यो, केपी ओली पनि कार्यकार्य नै हुनुहुन्थ्यो । मर्यादाक्रममा केपी ओली र पुष्पकमल दाहाल हुन् । कार्यकारी अध्यक्ष त पुष्पकमल दाहाल पहिला पनि हुनुहुन्थ्यो । हाम्रो विशिष्ट परिस्थितिलाई प्रतिबिम्बित गर्दै दुई अध्यक्ष प्रणाली बनाएका हौं । त्यसमा केपी ओलीले सरकारमा बढी ध्यान दिने । अर्का अध्यक्ष प्रचण्डले पार्टीको काममा विशेष ध्यान दिने । हामीले जुन बेलादेखि दुई अध्यक्ष बनाएयौं, त्यसबेला देखिनै दुवै अध्यक्ष कार्यकारी हुन् ।
प्रचण्डले सरकारलाई सहयोग गर्नुभएको छ ?
पुष्पकमल दाहाल प्रचण्ड जस्तो अनुभवी र जिम्मेवार नेताले आफ्नै पार्टीको सरकारलाई सहयोग गर्नुहुन्न भनेर तपार्इंंले कसरी भन्नुभयो ?
प्रधानमन्त्रीले नै अविश्वासको प्रस्ताव ल्याएर यो सरकार ढाल्ने षड्यन्त्र हुँदैछ भन्नुभएको थियो नि ?
कतिपय ब्रोडसिटका पत्रपत्रिकाहरुले अब द्वार खुल्यो नि । अब त आँट भनेर पनि लेखे । त्यसले सधैंभरी अस्थिरतामा रमाउने नेपाली मानसिकतालाई चित्रित गर्छ । ‘तिमी बहुमतमा छौं, स्थायित्व कमजोर नहोस्’ भन्नुपर्नेमा त्यस्तो मानसिकता छ । अर्को हिजो त छ÷छ महिना, नौ–नौ महिनामा सरकारको मुखै देख्न नपाउने अवस्था थियो । त्यस्तो मानसिकताका मान्छेहरुलाई छटपटी पनि लागेको हुन सक्छ ।
पार्टी सचिवालयमा प्रधानमन्त्रीलाई अल्पमतमा पारेर सहयोग गर्ने रणनीति बनेको छैन ?
प्रधानमन्त्री अल्पमतको होइन । उहाँलाई कसैले अल्पमतमा पार्न सक्दैन ।
संसदीय दलमा प्रधानमन्त्रीलाई अल्पमतमा पर्ने षड्यन्त्र भयो भने नि ?
कतिपय विषयलाई आधार बनाएर रंगीन बेलुन उडाउने पात्रहरु पनि हुन्छन् । ती पात्रहरुको पछि लाग्न म चाहन्न ।
२००७ देखि अहिलेसम्म कुनै प्रधानमन्त्रीलाई ५ वर्ष काम गर्न दिइएको छैन, केपी ओलीलाई पनि असफल पार्ने टुनामुना बुझियो भने नि ?
बुनियो भने फरक कुरा हो । तर, केपी ओली ५ वर्षको प्रधामन्त्री हो ।
वामदेव गौतमलाई सर्वसम्मत राष्ट्रियसभामा ल्याउन खोजिएको हो ?
हिजो निर्वाचनमा पराजित भएका नेताहरुलाई के भन्नु । अरु संसद्मा हुनुहुन्छ उहाँहरु हुनुहुन्न । निर्वाचनमा पराजित भएपनि उहाँहरुलाई ल्याऊ भन्ने कुरा पुष्पकमल दाहाल प्रचण्डले नै उठाउनुभयो । केपी ओलीले ठिकै छ भन्ने कुरा गर्नुभएको हो । त्यसमा वामदेव गौतमले संविधान संसोधन गरेर राष्ट्रियभाबाटै प्रधानमन्त्री बन्ने प्रावधान बनाऊ भन्नुभयो । संविधान संशोधनका यावत कुराहरु छन् । यही विषयमा संसशोधन गर्ने हो भने यहाँभन्दा हाँस्यास्पद कुरा के हुन्छ भन्नेमा छलफल पनि भयो । त्यसकारण यस्तो कुराको सर्त राख्नुहुँदैन भन्ने भयो । पछिल्लो समयमा सर्त नराखेरै जाने खालको कुरा पनि भएको थियो । तर, त्यो विषय चाहीं राम्रो ढंगले छलफल गरेर अगाडि आउन सकेन । राष्ट्रियसभा जाने कुरालाई जसरी आएको भएपनि जाने कुरा नै हो । पहिला चाहीं विशाल सर्त राखेर मात्रै जाने भन्ने अनि पछि फेरि होइन सर्त नराखेर पनि जाने भन्दा एउटा, नेता, पार्टीको लागि कस्तो देखिन्छ ? के अभिष्ट प्राप्त गर्न जाने भन्ने प्रश्न त उठ्छ नि । राष्ट्रियसभामा जाने कुरा बाहिरै आएको छ, अहिलेलाई त्यो स्थगन पनि छ ।
सचिवालयमा पनि अल्पमत र बहुमतका आधार आएको हो नि ?
साच्चै भन्ने हो भने सचिवालयमा यो विषय स्वभाविक ढंगले आएको जस्तो लाग्दैन । आइहाल्यो आएपछि के गर्ने कसो गर्ने भन्ने हुन्छ । आएपछि निर्णय गर्दा सबै कुरालाई ख्याल गर्नुपर्छ । कुनै पनि नेतालाई छेक्ने भन्ने हुँदैन । तर अवान्छित हुनुभएन ।
अब वामदेव गौतम राष्ट्रियसभाको सांसद बन्नुहुन्छ कि बन्नुहुन्न ?
वामदेव गौतमलाई कास्कीबाट प्रतिनिधिसभाको चुनावमा मै प्रस्तावक हुँ । मैले त तपाईं डोल्पा नजानुहोस, काठमाडौंमा नजानुस् कुनै प्रतिनिधिसभाको सांसद्को त्यसको मौजा हुन्छ । तपाईं छोड्नु म आउँछु भन्ने ? पहिला प्रनिधिसभामा विजय प्राप्त गरेर आउने त्यसपछि वामदेव जस्तो नेता यो देशको प्रधानमन्त्री बन्ने कुरा त अस्वभाविक हुँदैहोइन नि । तर, यसलाई स्वाभाविक कोर्षबाट जानुपर्छ भन्ने हो ।
यदि प्रतिनिधिसभाको सांसद हुनुभएको भए प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो वामदेव गौतम ?
वामदेवजी मात्रै होइन, अरु पनि कतिपय नेताहरु त्यस्तो योग्यता राख्नुहुन्छ । जस्तो माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड सबैले राख्नुहुन्छ । त्यसपछि हामी पनि छौं । वामदेव गौतम हुनुहुन्छ । पार्टी विभाजनताका स्वयं उहाँ महासचिव हुनुहुन्थ्यो ।