Logo

राम्रो निद्राका लागि यसो गर्नस्



काठमाडौँ २६ फागुन । सर्वप्रथम निद्रा खराब हुने कारणहरुबाट बच्न जरुरी छ । जस्तै रातिसम्म टिभी हेर्ने, भोजहरुमा अबेरसम्म संलग्न हुन आदि । कफि, चिया, चिसो ड्रिङक्स, चक्लेट, निकोटिनयूक्त पदार्थ एवं अल्कोहललाई मनाही गर्नुपर्छ ।

सुत्नु भन्दा अगाडि आफ्नो शरीर र दिमागलाई दैनिक कामहरुको बोझबाट हटाएर आराम गर्न दिनुपर्दछ, दिउँसोको सबै तनावलाई भुल्नु पर्दछ । यसका लागि आफूलाई मनपर्ने किताबहरु, आनन्द दिने संगीतहरु सुन्ने तथा सम्भव भएमा हल्का तातो पानीमा अरामा थेरापीमा प्रयोग गरिने तेल हालेर नुहाउँदा मस्त निद्रामा पर्न सकिन्छ ।

सुत्ने एउटा समय बनाउने, दैनिक रुपमा त्यही समयमा नै सुत्ने बानी बसाल्ने आदि गर्न सकेमा मीठो निद्रामा पर्न सकिन्छ । साँघु साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्