एजेन्सी, २६ फागुन । पोर्चुगलका राष्ट्रपति दुई हप्ता निवासमै बस्ने भएका छन् । राष्ट्रपति मार्सेलो रेबेलो डी सुजा कोरोना भाइरसको संक्रमित हुनसक्ने आशंकामा घरमै बसेका हुन् ।
गत हप्ता उनी भ्रमणमा पुगेको विद्यालय बेलेम भ्यालेसका एक विद्यार्थी कोरोना भाइरस संक्रमित भएपछि घरमै बसेका हुनु । उनले सबै सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् उनी घरमै रहने जनाएको छ । उनको विदेश जाने कार्यक्रम समेत रद्द भएको छ ।
युरोपमा कोरोना भाइरसको संक्रमण बढिरहँदा पोर्चुगलमा समेत समस्या देखिएको छ । इटालीमा सबैभन्दा ठूलो समस्या देखिएको छ ।