एजेन्सी, २७ फागुन । चीनका राष्ट्रपति सी जिनपिङ आज विहानै वुआन क्षेत्र पुगेका छन् । वुआन विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु हो ।
रोग नियन्त्रणमा भइरहेको कामको अवलोकन गर्न सी वुआन पुगेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी आएको साँढे दुई महिनापछि सी वुआन पुगेका हुन् । हुबई प्रान्तको राजधानी वुआनमा सीको भ्रमणलाई अर्थपूर्ण लिइएको छ ।
राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसमाथि जित हासिल गर्न विशेष चासोका साथ काम गरिरहेका छन् । उनले यसलाई आफ्नो राजनीतिक जीवनकै चुनौतीपूर्ण क्षणका रुपमा लिएका छन् ।-File Photo