एजेन्सी, २७ फागुन । कोरोना भाइरसको संक्रमण भइहालेपनि लक्षण पाँच दिनपछि थाहा हुने अध्ययनले देखाएको छ । लक्षण विकास हुन दुई हप्ता सम्म लाग्न सक्ने देखिएको छ ।
सोमबार जर्नल एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययनमा यो तथ्य उल्लेख छ । कोरोना भाइरसबाट संक्रमितलाई कम्तिमा १४ दिन अलग्गै निगरानीमा उपचारमा राख्नुपर्ने भनिएको छ ।
कोरोना भाइरस सरुवा रोग भएकाले कम्तिमा दुई हप्ता संक्रमित व्यक्ति वा संक्रमितको सम्पर्कमा आएको व्यक्तिलाई अलग्गै राख्नुपर्ने भनिएको छ । संक्रमित व्यक्तिमा भाइरस पाँच देखि १२ दिनबीच सक्रिय हुने भनिएको छ । वुआनबाट विश्वका अधिकांश देशमा भाइरसको संक्रमण फैलनुमा सम्पर्क नै देखिएको छ ।