काठमाडौ, फागुन २७ । सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीले २ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।
डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेलीले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले देवकोटा र तेलीलाई दुई लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई कानुन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।