२७ फागुन । उत्तर कोरियाली उत्कृष्ट नेता किम जोङले एक हप्तामा दोस्रो पटक पाँचवटा तोप अभ्यासको निरिक्षण गरेका छन् । मंगलबार राज्यको सञ्चार माध्यमले तोप अभ्यासको तस्बीर सार्वजनिक गरेको हो । सैन्य क्षमतालाई अभिबृद्वि गर्न उत्तर कोरिया निरन्तर रुपमा लागिपरेको जनाइएको छ ।
उत्तर कोरियाले पूर्वी तटबाट तीनबटा सानो दूरीको मिसाइल दक्षीण कोरियालाई लक्षीत गरेको समेत प्योंगयांग केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । फ्रन्टलाईन तोपकोे परिक्षणप्रति किम निकै खुसी भएको प्योंगयांग केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । यसै सन्दर्भमा आइल्याण्डलाई निशाना बनाएर बहु रकेट प्रक्षेपणबाट रकेट प्रहार गरेको समेत तस्बीर सार्वजनिक भएको छ ।
किमले उक्त परिक्षणको दौरान कालो रङको फरबाला ह्याट र हातमा दुरविन लिएको देख्न सकिन्छ । कोरोनाको उच्च सर्तकता अपनाउन उनको सहयोगीले मास्क लगाएको दृश्य तस्बीरमा देख्न सकिन्छ । विश्वको शक्तिशाली फोर्स उत्तर कारियाको रहने बाचा समेत किम जोङले गरेका छन् ।
नोभेम्बरमा रद्द गरिएको सैन्य परिक्षण्लाई पुन: किमले सुरुवात गरेको जनाइएको छ । उनले पहिलो परिक्षण फेब्रुअरी २८ मा गरेका थिए भने दोस्रो परिक्षण मार्च २ मा गरेका हुन् । अहिलेसम्म उत्तर कोरियामा एक जना मानिसमा पनि कोरोना नदेखिएको दाबी गरिएको छ ।