Logo

तराई र भित्री मधेसमा होली पर्व



काठमाडौं, २८ फागुन । नेपालको तराई र भित्री मधेसमा होली पर्व मंगलबार विशेष रुपमा मनाइएको छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार फागुन पूर्णिमाको दिन होली पर्व मनाइएको एकदिनपछि यस क्षेत्रमा होली पर्व मनाइन्छ ।

सबै उमेर समूहका मानिसहरु सडकमा आएर भाइचारा, सद्भावना र मित्रताको लागि विभिन्न प्रकारका रङ्ग, अविर दलेर होली पर्व मनाइएको थियो । प्रदेश नम्बर २ ले होली पर्वको खुशियालीमा मगंलबार र बुधबार दुईदिन सार्वजनिक विदा समेत दिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्