काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया गरेको घाउमा खाटा बस्दै छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत उनलाई डिस्चार्ज हुने चाहना छ। चिकित्सक र परिवारको सल्लाह छ, ‘धैर्य गरौं।’
६९ वर्षीय प्रधानमन्त्री ओली सन्तुलित आहार लिन्छन्। अस्पतालको आईसीयूमै सामान्य हिँडडुल गर्न सक्छन्। चिकित्सकका अनुसार उनी क्रियाशील हुन खोजे पनि संक्रमणको जोखिम छ। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा।डा। दिव्या सिंह शाहका अनुसार चिकित्सकहरूले सहज महसुस नगरेसम्म डिस्चार्ज गर्ने सम्भावना छैन।
डा. शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘जबसम्म हामी चिकित्सकले ठिक छ भन्ने महसुस गर्दैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं। तर अहिलेसम्मको प्रगति हेर्दा चाँडै डिस्चार्ज गर्छौं।’ उनले डिस्चार्जको दिन तोक्न आनाकानी गरिन्। प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो। (अन्नपूर्ण पोष्ट्बाट)