२८ फागुन । संयुक्त राज्य अमेरिकाले कच्चा तेलको बिक्री रद्द गरेको छ । अमेरिकी उर्जा विभागका प्रवक्ताले मंगलबार कच्चा तेलको बिक्री रद्द गर्ने जानकारी दिएका हुन् ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभर फैलिएको कारण विश्व बजारमा धक्का पुगेकोे छ । निरन्तर विश्व बजारमा तेलको मूल्य उतार चढावका कारण उर्जा विभागले स्ट्राटेजी पेट्रोलियम रिर्जवको अगामी बिक्रीमा रोक लगाएको हो ।
स्ट्राटेजी पेट्रोलियम रिर्जवको राजस्व बढाउन अमेरिकी उर्जा विभागले तेल बिक्री गर्न अनुमति दिएको थियो । विश्व बजारमा तेलको मूल्य स्थिर नभएसम्म उर्जा विभागले बिक्रीमा रोक लगाउने जनाइएको छ । विश्व बजारमा तेलको मूल्यको अवलोकन निरन्तर रुपमा अमेरिकी उर्जा विभागले गरिरहेको सो विभागका प्रवक्ताले जनाएका छन् । Photo Source : TASS