एजेन्सी, २८ फागुन । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट विश्वका अधिकांश मुलुक प्रभावित भएका छन् । भाइरस एकपछि अर्को मुलुकमा देखापरेको छ । विश्वभर यसले त्रास फैलाएको छ ।
चीनबाहेक दक्षिण कोरिया, इरान र इटलीमा भाइरसको प्रभाव अत्याधिक मात्रामा देखा परेको छ । उक्त भाइरसको संक्रमणबाट विश्वभर एक लाख १६ हजार मानिसहरु प्रभावित भएका छन् भने भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या चार हजार ९१ पुगेको छ । भाइरसको संक्रमणबाट ६४ हजार छ सय ४० मानिसहरु उपचारपछि सकुसल घर फर्केका छन् ।
बढी संक्रमण देखिका ११ देश
चीन : ८० हजार सात सय ७८ संक्रमित, तीन हजार मूत्यु
इटली : १० हजार एक सय ४९, छ सय ३१ मूत्यु
इरान : ८ हजार ४२ संक्रमित, दुई सय ९१ जनाको मूत्यु
दक्षीण कोरिया : सात हजार सात सय ७५ जना संक्रमित, ६० जनाको मूत्यु
जर्मनी ; एक हजार दुई सय ९६ जना संक्रमित, दुई जनाको मूत्यु
जापान ; एक हजार दुई सय ६४ जना संक्रमित, १९ जनाको मूत्यु
स्पेन : एक हजार दुई सय चार जना संक्रमित, २८ जनाको मूत्यु
फ्रान्स : एक हजार एक सय १६ जना संक्रमित, ३० जनाको मूत्यु
अमेरिका ; एक हजार जना संक्रमित, ३१ जनाको मूत्यु
बेलायत : तीन सय ८२ जना संक्रमित छ जनाको मूत्यु
नेदरल्याण्ड : तीन सय ८२ जना संक्रमित, चार जनाको मूत्यु