Logo

महिलाको योनीमा किन सेतो पानी बग्छ



महिलाको योनीबाट सेतो पानी निक्लनेलाई ल्युकोरिया भनिन्छ । यो सधै बिरामीको लक्षण भने होइन ।

सेतो पानी बगेमा शरीर कमजोर हुने चक्कर लाग्ने, शरीर दुख्ने जस्ता समस्या आउने धेरै महिलाले गलत बुझिरहेका छन् । यो बिलकुल पुरानो र झुठो मान्यता हो ।

सेतो पानी बग्नुका प्रमुख कारणहरु

प्राकृतिक

सेतो पानी महिलाहरुको स्वाभाविक रुपमा केही मात्रामा निक्लने गर्छ । विशेष गरी रजस्वला हुनु भन्दा पहिले, रजस्वला पछि, ओभुलेशन र कामवासनाको समयमा स्वाभाविक रुपमा निक्लने गर्छ । यसको लागि कुनै उपचार आवश्यकता पर्दैन ।

अन्य बिरामीको लक्षण

ल्युकोरिया वा सेतो पानी महिलाहरुको एक रोग हो, जसमा सेतो रंगको बाक्लो र गन्धित पानीको असामान्य मात्रा योनीबाट निस्कन्छ र जसको कारण महिलाहरुलाई अत्यन्तै पातलो र कमजोर बनाउँछ । महिलामा ल्युकोरोआ सामान्य कुरा हो । यो जनेनेन्द्रियबाट पानी बग्ने स्राव हो । यो आफैमा रोग नभई अन्य रोगको कारण पनि हुनसक्छ ।

सेतो पानी वास्तवमा एक रोग होइन तर योनी वा गर्भाशयको रोगको लक्षण वा सामान्यतया प्रजनन अंगहरु सुनीएको संकेत पनि हो ।

अन्य लक्षणहरु

योनी चिलाउने

ढाड दुख्ने

चक्कर लाग्ने

निरन्तर कमजोरीपन देखिने

सेतो पानी निम्न अवस्थामा निस्कनु स्वाभाविक हुन्छ

· नवजात केटी्

· कामेच्छा हुँदा

· मासिक धर्मको केही दिन अघि

· अज्ञात कारणले

· गुप्ताङ्कमा रोग

सेतो पानीले स्नेहन उत्पादन गर्दछ, यो स्वाभाविक रुपमा यौन सम्बन्धको लागि धेरै उपयोगी हुन्छ । जब सेतो पानी बाहिर आउँछ तब मनमा कामुा स्खलन हुन्छ, चाहे तपाई विवाहित वा अविवाहित होस् । यसले स्वास्थ्यमा कुनै कमजोरी, कुनै पीडा वा कुनै प्रकारको हानिकारक प्रभाव छैन भन्ने दर्शाउँछ । यदि यसको सहि उत्पादन गरेन भने संभोग पीडादायी हुनसक्छ । यसको उपचार गर्नुपर्छ ।

गर्भावस्थामा सेतो पानी धेरै बग्ने गर्छ । ओभुलेशनको समयमा इस्ट्रोजन को मात्रा बढ्ने भएको कारणले सेतो पानी बग्न सक्छ । यो अवस्थामा सेतो पानी धेरै बाहिर आउँछ । नवजात शिशुमा आमाको इस्ट्रोजनको कारण सेतो पानी छोडिन्छ ।

अत्यधिक उपवास, उत्तेजक कल्पना, अश्लिल कुराकानी, मौखिक सेक्स, संभोगको समयमा उल्टो आसान, दुई तीन जनासंग अत्यधिक यौन संभोग, फोहोर हुनु यस रोगको प्रमुख कारण हो । बारक्बार गर्भपात गर्नु पनि सेतो पानीको प्रमुख कारण हो ।



प्रतिक्रिया दिनुहोस्