काठमाडौं, २८ फागुन । पूर्वमन्त्री पूर्णकुमार शेर्मा लिम्बूको निधन भएको छ । उनको आज निधन भएको हो ।
७६ वर्षीय शेर्मा मृगौला रोगको उपचार गर्दै आएका थिए । उनको नियमित डायलसिस हुँदै आएको थियो । सोही क्रममा निदान अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ने
पाली काँग्रेसका नेता समेत रहेका उनी जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा स्थानीय विकासमन्त्री थिए । उनलाई कोइरालाले शक्तिशाली मन्त्रालय दिएर मन्त्री बनाउँदा धेरैजना आश्चर्यचकित भएका थिए ।
शेर्माले पाँचथरबाट पहिलो संविधानसभा निर्वाचनमा चुनाव जितेका थिए ।