Logo

जर्मनीमा जनसंख्याको ७० प्रतिशतलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने



एजेन्सी, २८ फागुन । जर्मनीमा जनसंख्याको ७० प्रतिशतलाई कोरोना भाइरसको खतरा रहेको भन्दै चान्सलर एन्जेला मार्केलले गम्भीरता देखाएकी छिन् । जर्मनीमा भाइरसको संक्रमण बढिरहँदा मार्कलले गम्भीरता देखाएकी हुन् ।

चीनबाट फैलिएको भाइरस युरोपमा भयावह तरिकाले फैलन थालेको छ । इटाली ठप्प छ भने फ्रान्स र बेलायतमा पनि संक्रमण बढेको छ । जर्मनीमा संक्रमण ह्वात्तै बढेको छ ।

विश्वभर कोरोना भाइरसबाट एक लाख १५ हजार संक्रमित भइसकेका छन् । जसमध्ये झण्डै ९० हजार चीनमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्