Logo

२०७६ साल फागुन २९ गते बिहीबारको राशिफल



आज श्री शाके १९४१ बि.स.२०७६ साल फागुन २९ गते बिहिबार इश्वी सन २०२० मार्च १२ तारीख चैत्र कृष्णपक्ष तृतीया तिथी चित्रा नक्षत्र वृद्धि योग भद्रा करण चन्द्रमा कन्या राशिमा प्रातः ०९ः५३ बजे सम्म पश्चात तुला राशिमा आनन्दादि योगमा चर योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु नालास्थित मत्स्येन्द्रनाथको रथ-यात्रा, नालायात्रा – ज्यो.प. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ –प्रेम-सम्बन्धमा सुधार आउनेछ । जीवनसाथीको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुनसक्छ । परोपकार तथा ब्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरवाहीले सामान्य झन्झट आईपर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुरा काट्ने ब्यक्तिको कमी नरहला । बोल्दा सजग रहनुहोला । बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थसम्बन्धि समस्याले सताउनसक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – सामान्य चूनौतिपश्चात् आम्दानी राम्रो रहनेछ । बौद्धिक ब्यतित्वहरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तानसम्बन्धी समस्याले सताउनेछ । सामान्य यात्रा हुनसक्छ । चाँडो क्रोधको सिकार भईनेछ सजग रहनुहोला । पारिवारिक समस्याले सताउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – सभा, सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारिवारिक मेलमीलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आयमुलक कार्यको थालनी हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – सामान्य कार्यको निम्ति धेरै समय व्यतित हुनाले मानसिक तनावको सामना गर्नुपर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – नयाँ लगानीको क्षेत्रमा समय राम्रो छैन सजग रहनुहोला । वाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको शिकार भईनसक्छ सजग रहनुहोला । मान्यजनसंगको सम्बन्ध खराब रहनसक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनीको निम्ति आँट र साहसको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखापर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ । शत्रु बृद्धि हुनसक्छन् । मित्र तथा दाजुभाईबीचको सम्बन्धमा खटपट रहनसक्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आयमूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिष्पर्धामुलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चञ्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – साथीभाईहरुको खराब संगतका कारण सामान्य अपजस आईपर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनुपर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएतापनि मनमा चिन्ता भने रहनेछैन । यात्राका क्षेत्रमा विशेष सावधानी अपनाउनु होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – सामान्य चोटपटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ भने सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्