Logo

मध्यरातिबाट भारतले भीसा बन्द गरी ‘सीमामा कडाई’ गरेपछि नेपालसँगको सीमामा के होला ?



काठमाडौं, २९ फागुन । भारतले मध्यरातिबाट लागू हुने गरी भीसा बन्द गरी सीमा प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेपछि भारतले एक महिनाका लागि भीसा बन्द गरी सीमामा कडाई गर्ने निर्णय लिएको हो ।

सीमामा कडाई गरेमा भारतको सीमा जोडिएका दक्षिण एशियाली देशहरु प्रभावित हुनसक्छन् । कतिपय सीमा नजोडिएका र समुन्द्री यात्राबाट पुग्न सकिने दक्षिण एशियाली देशहरु पनि प्रभावित हुने अवस्था छ । तर, यो निर्णयले नेपाल र भुटानलाई भने कुनै असर नगर्ने भएको छ । नेपाल र भारतका नागरिकका लागि सीमा प्रवेशलाई भीसा चाहिंदैन ।

भारत सरकारले गरेको हालैको यो निर्णयले नेपाललाई कुनै असर नगर्ने बुझिएको छ । नेपालीहरुलाई भारत आवातजावतको लागि भिसा आवश्यक नपर्ने भएकोले भारत सरकारको पछिल्लो निर्णयले असर नगर्ने जनाइएको छ ।

भारतसँग सीमा जोडिएको साँढ १८ सय किलोमिटरमा सहज आवतजावत् चल्दै आएको छ । सीमा सुरक्षा पोष्ट रहेपनि खुल्ला आवत्जावत छ । दुई देशबीचको सदीऔं देखिको सम्बन्ध र सम्पर्कले राजनीतिक सीमा भन्दा जनता तहको सम्बन्ध मजबुत छ । तराईमा दुवै तर्फ खुल्ला आवत्जावत हुनेगरेको छ । यस अवस्थामा नेपालसँगको सीमा बन्द गर्न सजिलो छैन । बन्द गरिएपनि त्यो व्यवहारिक रुपमा सम्भव छैन । जस्तोसुकै महामारीको अवस्थामा पनि दुई देशबीचको सहज आवतजावत रोक्ने अवस्था नबनेकाले भारत क्वारनटाइनमा भएपनि नेपाल अलग क्वारटनटाइनमा हुन असम्भप्रायः छ ।

भारतले नेपाल र भुटानका नागरिकलाई विना भीसा आवत्जावत खुल्ला गरेको छ । नेपालीहरु भारत जाने र भारतबाट नेपालीहरु आउने क्रम सहज रुपमा चल्दै आएको छ । नेपालको अधिकांश आयात भारतको बाटोबाट हुनेगर्छ । यात्रामा समस्या परेमा यसले समस्या ल्याउन सक्छ । चीनसँगको सीमा अहिले ठप्प छ । यस्तो अवस्थामा भारतसँगको सीमा पनि बन्द भएमा असहज अवस्था आउन सक्छ ।

भारतले पाकिस्तानसँगको सीमा विगत देखिनै कडाई गर्दै आएको छ । बँगलादेशसँगको सीमामा पनि तारबार गरिएको छ । श्रीलंका र मालदिभ्ससँग समुन्द्र मार्गबाट आवत्जावत् हुन्छ । बर्मासँगको सीमामा पनि कडाई गरिएको छ । चीनसँगको सीमामा भारतको निगरानीमा कडाई छ ।

नेपालसँगको सीमामा भने यात्रा रोक व्यवहारिक नहुनसक्छ । त्यसैले आवतजावत यथावत् राखिने बुझिएको छ ।।-File Photo



प्रतिक्रिया दिनुहोस्