Logo

सुनको मूल्यमा गिरावट



काठमाडौँ २९ फागुन : सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ८१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

विश्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण लगातार उकालो लागिरहेको सुनको मूल्य बुधबारदेखि गिरावट आएको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला ८१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्यमा समेत गिरावट आएको छ । बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्