हिन्दु धर्ममा गाईलाई आमा मान्ने गर्छन् । पुराणमा गाईलाई धर्मको रुपमा दर्शाइएको छ । भगवान श्रीकृष्णले गाईको सेवा आफ्नै हातले सेवा गरेका थिए । उनले आफ्नै निवासमा गाईको गोठ समेत बनाएका थिए । उनले गाईलाई कामधेनुको रुपमा सबै इच्छाहरु पुरा गर्ने बताएका थिए । हिन्दु धर्ममा गाईको यस महत्वको पछाडि धार्मिक र वैज्ञानिक कारण छन् ।
गाई वंशबाट आमा शब्दको उत्पत्ति
आज पनि नेपाल र भारतको समाजमा गाईलाई आमा समान मानिन्छ । शास्त्रमा लेखिएको छ, ब्रहाजी ले सृष्टिको रचना गरेका थिए, सबैभन्दा पहिला गाईलाई पृथ्वीमा छोडिएको थियो । अन्य जनावरहरु थिएनन् । यसैले आमाको शब्द यही वंशबाट शुरु भएको मानिन्छ । गाईले हामीलाई आमाले जस्तै पालन पोषण गराउने गर्छिन् । आयुर्वेदका अनुसार गाईको दुधले बच्चाको लागि निकै फाइदा गर्ने बताइएको छ ।
गाई पुजाबाट इच्छापूर्ति
गाई पुजा गर्नाले मनको इच्छा पुरा भई फल प्राप्त हुन्छ । घरको समृद्धीको लागि घरमा गाईको पाल्नु धार्मिक हिसाबले शुभ मानिन्छ । विद्यार्थीले अध्ययनको साथमा गाईको सेवा गर्नु आवश्यक हुन्छ । गाईले विद्यार्थीहरुको मानसिक विकास तेज रुपमा हुने देखिएको छ । सन्तान र धन प्राप्तीको लागि गाईलाई खाना खुलाउन र उसको सेवा गर्दा धेरै परिणाम आउने मानिएको छ ।
गाईको सिंङमा के हुन्छ
भविष्य पुराणको अनुसार गाईको सिङमा तीन देवी–देवताको विद्यमान रहेका हुन्छन् । सृष्टिको रचनाकार ब्रहा र पालनकर्ता विष्णु गाईको सिङको तल बसेका हुन्छन्, गाईको सिङको बीच भागमा शिव शंकर बस्ने गर्दछन् । गाईको निधारमा गौरी तथा नासिकाको भागमा भगवान कार्तिकेय बस्ने गर्छन् ।
गाईको सासले पाप खिच्छ
गाईको सेवा गर्ने व्यक्तिको सारा पाप आफ्नो पाप सासले खिचेका हुन्छन् । गाई जहाँ बस्छ त्यहाँको वातावरण शुद्ध गरी सकरात्मक भरीदिन्छ । यसैले गाई जहाँ बस्छ त्यहाँ पुरै निर्भिकतासँग बस्ने गर्छ । आफु बसेको ठाउँमा भएको सारा पाप आफु भित्र राखेर उक्त जग्गा शुद्ध गर्ने क्षमता राख्छ ।
गाईको मुत्र
गाईको गोबर पवित्र कार्यमा घरमा लिप्नको लागि प्रयोग गरिन्छ उही गाईको गोबरबाट बनेको कंडे हवनको लागि प्रयोग गरिन्छ । गोबरले बनेको बाट हवन गर्दा वातावरण र घरको आसपासको भागको हावा शुद्ध हुने गर्छ । गाईको मुत्र धेरै तरिकाको औषधी बनाउँनमा प्रयोग गरिन्छ । किनकी यसमा रोगहरु मार्ने क्षमता अधिक हुन्छ ।