काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नौ दिनपछि परिवारका सदस्यलाई भेटघाट गर्न दिइएको छ । प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधीका शाक्यले विहिबार भेट गरी स्वाथ्य अबस्थाकोबारे जानकारी लिएको हो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य प्रगति उन्मुख रहेको जनाउँदै भेटघाट गर्न दिएको टिव्टमा उल्लेख गरेका छन् । त्यसैगरी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनका अनुसार नियमित परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेको र नियमित रुपमा आहार लिइरहेको जनाएको छ । (गोरखापत्र दैनिकबाट)