ललितपुर, फागुन ३० । कोरोना भाइरसका कारण बजारमा ग्याँस तथा इन्धनको अभाव भएको गुनासो आएपछि बजार अनुगमन समितिले ललितपुरमा अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको संयोजकत्वमा लखनखेल र कुमारीपाटीका ग्यास पसलमा अनुगमन गरिएको हो। शुक्रबार गरिएको अनुगमनमा केही व्यापारीको पसलमा ग्यास नभएको पाइएको छ।
कुमारीपाटीमा भने ग्याँस भेटियो। व्यापारीले ग्राहकले माग गरेजति ग्याँस नदिए झगडा गर्न आउने भएकाले एकै व्यक्तिले चार, पाँचवटा सिलिन्डर लगेको बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।