Logo

होमस्टेमा बस्दै बाइबल बाँड्दै



काठमाडौँ, ३० फागुन । पर्यटक र एनजीओ कार्यकर्ताको भिसामा नेपाल आएका क्रिश्चियन धर्म प्रचार गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  नेपालको भ्रष्ट प्रशासनिक राजनीतिक प्रणाणीको फाइदा उठाउँदै गाउँ गाउँ पुगेर धर्म प्रचार गर्नेहरुलाई राजनीतिक संरक्षण पनि भईरहँदा झन ठूलो समस्या भएको प्रहरीको ठहर छ ।

विशेष गरी नेपालमा कोरिया, जापान र ताइवानी क्रिश्चियनहरु गाउँ शहरमा डुल्ने गरेका छन् । जनजाति समाजलाई निशाना बनाउँने यिनीहरुले शुरुमा तिमी हामी त उस्तै अनुहार परेका छौं भनेर जनजातिलाई मख्ख बनाउने र त्यसपछि मान्छे उस्तै भएपछि धर्म पनि एउटै हुनु पर्नै होइन ? भन्दै बाइबल बढाउन थाल्ने गरेका छन् । काठमाडौँ आसपासका क्षेत्र धादिङ्ग, नुवाकोट गोर्खा र पूर्वी पहाडका जिल्लाहरुमा कति यस्ता प्रचारकहरु छन् भन्ने टुंगो नभएको प्रहरीले बताएको छ । (नेपालीपत्र साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्