Logo

कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत



काठमाडौं, ३० फागुन । भारत र पाकिस्तानबीच अहिले सम्बन्ध स्थिर छ । चिसिएको सम्बन्धका कारण दुवै देशका नेताहरु एक अर्कासँग हात समेत मिलाउन तयार छैनन् । दुई देशबीच सरकारी र राजनीतिक तहमा वार्ता र छलफल नभएको वर्षौं भइसकेको छ ।

काश्मिरको विषयले भारत र पाकिस्तानबीच द्धन्द्ध छ । एकले अर्कामाथि आरोप प्रत्यारोप गर्दै आएका छन् । जसका कारण सार्क निष्कृयप्रायः छ । सार्क शिखर सम्मेलन हुन सकिरहेको छैन ।

अब भने यसमा आइसब्रेक हुने देखिएको छ । यसको कारण कोरोना भाइरस बनेको छ । अहिले सार्कका सबै देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । भारतमा एकजनाको मृत्यु समेत भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जुध्न शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वपूर्ण धारणा सार्वजनिक गरेका छन् । उनले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरे । भिडियो कन्फरेन्समार्फत् सार्क देशका नेताहरुले छलफल गरेर रणनीति बनाउने प्रस्ताव गरे । उनले सिधै पाकिस्तान या कुनै देश विशेषको नाम उच्चारण नगरी सार्क सदस्य राष्ट्रको नाम उच्चारण गरेका छन् । यदि सार्क नेताहरुको भिडियो कन्फरेन्स भएमा मोदीको छलफल पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि हुनसक्छ । यो सम्भव भएमा आइसब्रेक हुनसक्छ ।

सार्क देशका नेताहरु एकै थलोमा भेला नभएको वर्षौं भइसकेको छ । यसको मुख्यकारण भारत र पाकिस्तानबीचको तनाव नै हो । अब कोरोना भाइरससँग जुध्नकै लागि भएपनि सबैले तिक्तता र असन्तुष्टि त्यागेर छलफलमा आउनुपर्ने अवस्था बनेको छ ।

मोदीले सार्क देशहरुले कोरोना भाइरसविरुद्ध रणनीति बनाएर विश्वलाई उदाहरण प्रस्तुत गर्नेगरी स्वस्थ ग्रह बनाउन योगदान दिन सक्ने समेत बताएका छन् । मोदीले भनेजस्तै कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्ने अवस्था बनेको छ । यस्तो अवस्थामा आइसब्रेक हुनसक्छ । सबै नेताहरु छलफलमा आई यस क्षेत्रमा मात्र नभई विश्वलाई नै गतिलो उदाहरण प्रस्तुत गर्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्