Logo

कोरोनाविरुद्ध मिलेर लड्ने मोदीको प्रस्तावमा सार्क नेताहरु कस्ले के भने



काठमाडौं, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रले बलियो रणनीति बनाउन छलफल गर्ने प्रस्ताव गरेपछि सदस्य राष्ट्रका नेताहरुको प्रतिक्रिया आएको छ । आज मोदीले ट्वीटमार्फत् सार्कले कोरोना भाइरसविरुद्ध रणनीति बनाएर स्वस्थ पृथ्वी बनाउन योगदान दिई उदाहरण प्रस्तुत गर्ने धारणा सार्वजनिक गरेलगत्तै नेताहरुको प्रतिक्रिया आउन थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध रणनीति बनाउन गरिएको प्रस्तावको स्वागत गरेका छन् । उनले आज आफ्नो सरकार त्यसका लागि तयार रहेको जवाफ दिएका छन् ।

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले मोदीलाई धन्यवाद दिदै परीक्षाको समयमा एक भई सद्भावसहित सार्कका नागरिकलाई सुक्षित बनाउन लाग्न अपिल गरेका छन् । उनले मोदीले देखाएको तत्परतामा श्रीलंका तयार रहेको समेत बताएका छन् ।

मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीले मोदीलाई धन्यवाद दिदै संगठित भई कोभिड १९ लाई पराजित गर्नुपर्ने बताएका छन् । उनले क्षेत्रीय प्रयासमा मालदिभ्स पूरा सहयोगी हुने बताएका छन् ।

भुटानको प्रधानमन्त्री कार्यालयले सार्क राष्ट्रहरु मिलेर कोरोना भाइरसको सामना गर्नुपर्ने उल्लेख गरेको छ । ट्वीटमार्फत् मोदीको प्रस्तावमा जवाफ दिदै भिडियो कन्फरेन्सको प्रतिक्षामा रहेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्