Logo

अख्तियारको फन्दाबाट बँच्न लिएको घुस फिर्ता



काठमाडौ, फागुन ३० । इन्जिनियर र सवइन्जिनियरद्वारा ७० हजार रुपैयाँ भ्रष्टचार गरेको खुल्न आएको छ । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिई मुद्दा दायर गरेको हो ।

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिकाका श्री सुर्य ज्योति आधारभूत विद्यालय भवन निर्माणको क्रममा जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सवइन्जिनियर प्रमोदकुमार उप्रेतीले घुस मागेको सम्बन्धमा अनुसन्धान हुदाँ ७० हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारको कारवाहीबाट बँच्नको लागि आफुहरुले लिएको घुस वापतको ७० हजार रुपैयाँ फिर्ता गरेका हुन् । तर उनीहरुमाथी लिएको घुस फिर्ता गरेर मात्रै पार पाउँदैनन् भन्दै विद्यालयले कानुन बमोजिम सजायको भागी हुनुपर्ने माग राख्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको छ ।

उक्त कुरा अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्