Logo

५ कक्षाको सामाजिक शिक्षामा ‘व्यक्तिले चाहेको धर्म मान्न पाउने’ उल्लेख



काठमाडौं, १ चैत्र । ‘उसले आफूलाई मन परेको धर्म मान्न सक्छ,’ अधिकारको प्रकारमा यसलाई उल्लेख गरिएको बुँदा कक्षा ५ को सामाजिक शिक्षाको हो जसलाई पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले स्वीकृति दिएको उल्लेख गरिएको छ ।

१५ औं च्याप्टरको आउर राइट अर्थात् हाम्रो अधिकारमा पुस्तकले ‘चाहेको धर्म मान्न पाउने’ विषय समावेश गरेको छ त्यो पनि कलिला बालबालिकाले अध्ययन गर्ने पुस्तकमा ।

अधिकार विभिन्न किसिमका हुने उल्लेख गर्दै विचार र अभिव्यक्ति स्वतन्त्रता, शिक्षाको स्वतन्त्रता, सम्पत्तिको अधिकार समेत उल्लेख गरी धर्म चाहेको मान्न पाउने भनिएको छ ।

कोसेली प्रकाशनले प्रकाशित गरेको पुस्तकमा सम्पादकहरु विदेशी पनि छन् । पुस्तकमा सम्पादकको आर बी कर्ण र क्रिस्टिन स्टोन छन् । निरञ्जन पौडेल सहसम्पादक छन् । कोसेली प्रकाशनको काठमाडौं र पोखरा ठेगाना लेखिएको अंग्रेजी भाषाको पुस्तक देशका अधिकांश विद्यालयमा अध्यापन गराइन्छ ।



प्रतिक्रिया दिनुहोस्