Logo

न्यादी जलविद्युत्को काम सुचारु



काठमाडौँ, २ चैत । चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कारण निर्माण कार्य ठप्प ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम सुचारु भएको छ । आयोजनामा कार्यरत चिनियाँ कामदार फर्केपछि आयोजनाको काम सुचारु भएको आयोजनाले जनाएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादी खोलामा निर्माणाधीन आयोजनाको निर्माण कार्य ढेड महिनापछि पुनः सुचारु भएको छ । आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाका अनुसार आयोजनामा कार्यरत ५७ जना चिनियाँ कामदार दुई महिनाअघि गत माघ ६ गते नयाँ वर्ष मनाउन चीन गएका थिए । सोही समय चीनमा कोरोनाको सङ्क्रमण फैलिएपछि उनीहरू नेपाल फर्कन सकेका थिएनन् । गएका मध्ये विभिन्न चरणमा गरी ३८ जना कामदार फर्किसकेका छन् । उनीहरूले स्वास्थ्य जाँच गरेको र स्वस्थ रहेको पुष्टि भएपछि आयोजनाको काममा लागेका छन् ।

आयोजनामा ३८ जना कामदारसँगै १५ जना नेपाली कामदार पनि खटिएका छन् । यसअघि आयोजनामै रहेका तीन जना गरी चिनियाँ मात्रै ४१ जना छन् । एक जना काठमाडौँमा रहेको आयोजनाले जनाएको छ । नेपाली कामदार आइतबारदेखि काममा फर्कने बताएको प्रशासकीय प्रमुख गड्तौलाले बताएका छन् । ‘पहिले चिनियाँ आएपछि स्थानीय डराएका थिए । कामबाट निस्किएका थिए’ उनले बताए । ‘चिनियाँसँग कुनै पनि समस्या नभएको पुष्टि भएपछि उनीहरू आउँछौँ भनिरहेका छन् । अब काममा खटिने छन् । आयोजनामा ६१ जना चिनियाँ र ६७ जना नेपाली कामदार छन् । आयोजनाले वैशाख पहिलो साता आयोजनाको काम सक्ने भने पनि डेढ महिना काम ठप्प हुँदा निर्माण अवधि लम्बिने भएको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । सुरुङ निर्माण कार्य सकिएको छ । पावर हाउसको काम ९० प्रतिशत सकिएको छ । हेडवक्र्सको काम ७५ प्रतिशत सकिएको छ । मस्र्याङ्दी गाउँपालिका ३, खुदी टारीकुनास्थित नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा विद्युत् पु¥याउन १३२ के।भी। को साढे ५ किलोमिटर प्रशारण लाइन निर्माण भइहरेको छ । करिब ३० प्रतिशत काम सकिएको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्