काठमाडौं, चैत २ । पूर्व मिस नेपाल उषा खड्गीको बैवाहिक जिवनमा पूर्णविराम लागेको खवर नेपाली सञ्चार माध्ययम तातेका छन् । सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको खवर एकाएक बाहिर आएपछि यो विषयमा स्वयम् उषाले मुख खोलेकी छन् ।
केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट रहदै आएको थियो । दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चल्दै आएपनि उषाले नै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे पृष्टि गरेकी छन् ।
उषाले आफ्नो फेसबुक मार्फत् यसबारे जानकारी दिँदै भनेकी छिन् ,‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक या’तना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन ।
अब म भन्छु‘नो’। गएराती लेखिएको स्टाटसमा उषाले अगाडी थप्छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ ।
यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि ल’ड्नेछु । गएराती उषाले लेखेको स्टाटस सहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन् । जहाँ एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएको देख्न सकिन्छ ।
हाल दुबै दुवै अलग भइसकेपनि सम्पत्ति बाँडफाँडको टुंगो लाग्न भने बाँकी रहेको छ ।एक छोरा र एक छोरीका आमा उषाले जीपीसंग अन्तरजातीय विवाह गरेकी थिइन् ।