Logo

सभा, समारोह, तथा भोजमा नजान सरकारको आग्रह



Reporters Club Nepal Logo

काठमाडौं, चैत २ । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, समारोह, विवाह, फिल्म हल र महोत्सवमा सहभागी नहुन आह्वान गर्ने जनाएको छ। गत बिहीबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले १९ निर्णय गर्दै सतर्कता अपनाउन आह्वान गर्ने घोषणा गरेको छ।

‘संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने फिल्म हल, सभा, समारोह, सामाजिक कार्य तथा मेला महोत्सव सहभागी नहुन आम जनसदुदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयहरूमा उल्लेख गरिएको थियो। पछिल्लो समय सरकारले गरेको आह्वानसँगै देशरभर सञ्चानल भइरहेका सयभन्दा बढी हलहरू प्रभावित हुने सम्भावना बढेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन्।



प्रतिक्रिया दिनुहोस्