प्रभात सिंह: कोरोना भाइरस ठूलो परिवारको भाइरस हो । यसले सामान्य रुघादेखि ठूलो प्रकारको घातक रोगसम्म निम्त्याउने गर्दछ । भाइरसको माथिल्लो सतहमा रानीहरुले लगाउने मुकुटमा हुने चुच्चो आकार (क्राउन) जस्तो आकार भएको कारण यसलाई कोरोना नाम दिइएको थियो ।
विश्व स्वास्थ्य संगठनद्वारा ११ फेब्रअरीमा कोरोना भाइरसको औपचारिक नाम ‘कोभिड १९’ राखिएको थियो । यसले मर्स र सार्स जस्ता ठूलो घातक रोग मानिसमा निम्त्याउने गर्दछ । नयाँ प्रकारको भाइरस पहिले कुनै मानिसमा देखिएको थिएन । उक्त भाइरस जनावरबाट मानिसमा सरेको अनुमान विश्वले लगाएको छ । सन् २००३ मा फैलिएको सार्स भाइरस बिरालोबाट मानिसमा सरेको र मर्स भाइरस ऊँटबाट मानिसमा सरेको जनाइएको छ । तर, कोरोना भाइरस के बाट सरेको वा उत्पत्ति भएको भन्ने विषय अझै पुष्टि भएको छैन । यसबारे वैज्ञानिकहरुले अझै अनुसन्धान गरिरहेका छन् ।
सामान्य लक्षण
कोरोना भाइरसको लक्षण ज्वरो आउनु, सुख्खा कफ, श्वासप्रस्वासमा समस्या जस्ता समस्या देखा पर्ने गर्दछ । उक्त भाइरसले निमोनिया, सार्स, मृगौलामा समस्या र साथै मूत्युपनि निम्त्याउने गर्दछ ।
यसको रोकथामको लागि नियमित रुपमा साबुन पानीले हात धुने, आफ्नो नाक मुख छोप्ने, रुघा खोकीको बिरामीसित टाढा बस्ने, भिडभाडमा बिना काम नजाने यी सब कुरालाई ध्यान दिएमा उक्त भाइरसको संक्रमणबाट जोगिन सकिन्छ ।
उत्पत्ति
एक करोड १० लाख जनसंख्या रहेको चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस त्यही उत्पत्ति भएको भनिएको छ । तर, चिनियाँहरु त्यो मान्न तयार छैनन् । उनीहरु अन्य क्षेत्रबाट वुआनमा रोगको संक्रमण पुगेको दाबी गर्न थालेका छन् ।
गत डिसेम्बर महिनाबाट वुहानमा त्रास फैलाएको कोरोना भाइरसले विश्व नै प्रभावित भएको छ । चीनमा नियन्त्रण हुँदै गरेको भाइरसले विश्वव्यापीरुपमा त्रास फैलाएको छ । अधिकांश देशहरुले लक डाउनको घोषण समेत गरिसकेको र सचेत हुन सम्पूर्ण देशका सरकारले नागरिकहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरसले रुस लगायत एक सय २० भन्दा बढी देशमा फैलिसकेको छ । चीनबाहेक इटली, इरान र दक्षिण कोरियामा संक्रमण अत्याधिक फैलिएको छ ।
विश्वभरीका विज्ञ, अनुसन्धानकर्ता र वैज्ञानिहरुले कसरी उक्त भाइरसको उत्पत्तिको आंकलन लगाइरहेका छन् । भनिएको छ कि उक्त भाइरसको उत्पत्ति वुहानको कालो बजारमा जिवित खाने कुरा चेमेरो खाएको कारण मानिसमा सरेको हो । केही विज्ञहरुले उक्त भाइरसको उत्पत्तिलाई फाइभ जीसँग जोडेको समेत जनाइएको छ । फाइभजीको विकास भएपश्चात चीन सरकारले हुबेइ प्रान्तको वुहान शहरलाई पूर्ण रुपले फाइभ जी चलाउने घोषणा गरेका थियो । फाइभ जी वुहान शहरमा विस्तार भएपछि विश्वभरका २४ हजार वैज्ञानिकहरुले उक्त नेटवर्कको विरोधमा फाइल दर्ता गरेको थियो । साथै फाइभ जीको विस्तारले फ्लू जस्ता प्रकारको लक्षणको उत्पत्ति हुने आंकलन समेत गरेका थिए । कतिपय विज्ञहरुले उक्त भाइरसको उत्पत्ति जैविक रसायनसित पनि जोडेका छन् ।
१२ वर्ष अगाडी सिल्भीया ब्राउनको एक पुस्तक इन्ड अफ डेजमा समेत कोरेना भाइरसको बारेमा भविषयवाणी गरेको थियो । उक्त पुस्तकमा भाइरसले महामारीको रुप लिने र केही पछि उक्त भाइरस आफै लोप हुने विषयलाई उल्लेख गरिएको थियो । भविष्यवणी गर्ने सिल्भियाको केही वर्ष अघि निधन भइसकेको छ ।
जहाँ जहाँ फाइभ जी विस्तार र अपनाउने कुरा गरियो त्यहाँ भारि मात्रमा संक्रमणको केस देखा परेको तथ्यांकले देखएको छ । फाइभ जीले फाल्ने आवृति मानिस तथा वातावरण सम्पूर्णलाई नष्ट गर्ने क्षमता राखेको विज्ञहरु बताउँछन । फाइभ जीले फल्ने आवृत्ती ५४ देखि ६० गीगाहर्टज माइक्रोवेवको रहेको छ । उक्त आवृत्तीलाई मानिस, जनावर र चराहरु समेतले खेप्न नसक्ने जनाइएको छ । फाइभ जीले फल्ने आवृत्तीले वातावरणमा रहेको अक्सिजनको मात्रा नियन्त्रण गरी मानिसलाई हानी पुर्याउने गर्दछ । यस संक्रमणलाई कतिपय मानिसले जनसंख्या नियन्त्रण गर्न कार्य भइरहेको समेत जनाइएको छ । भाइरसको उत्पत्तिमा रेड क्रोस विश्व बैंकको संलग्नता रहेको जनाइएको छ ।
सन् २०१७ मा रेडक्रसले १०० मिलियन डलर कर विश्व बैंकलाई तिर्न नसकेको कारण यस्तो प्रकारको प्रकोप फैलाएर मानिसमाथि दमन गरिएको दाबी गर्नेहरु पनि छन् । यसको संक्रमणलाई ठुला औषधि कम्पनिहरु र माइक्रोसफ्टको संयुक्त साझेदारीमा आइ डि २०२० संयुक्त गठन गरी भाइरसको उत्पत्ति गरेको र भविष्यमा डिजिटल आइ डिको निर्माण गरी जडानको वाध्यकारी अवस्था सृजना गर्ने योजना रहेको दाबी गर्नेहरु पनि छन् । यसरी हरेक व्यापारीले आर्थिक स्वार्थ खोजिरहेका छन् ।
डायमण्ड क्रुज शिप मा फाइभ डिजीटल नेटवर्क विस्तार गर्न र सामुन्द्रमा समेत इन्टरनेट सुबिधालाई कार्यवान्यन गर्ने कम्पनी मडालियन नेटको समेत यस भाइरसको उत्पत्तिमा हात रहेको जनाइएको छ । डायमण्ड क्रुज शिपलाई एस इ एस स्याटलाइटसँग जोड्न उक्त कदम समेत चालिएको खुलेको छ । विश्व स्वास्थ्य संगठनले विश्व भर कोरोना संक्रमण र मूत्यु हुनेको संख्यालाई देखाएर विश्वमै त्रास फैलाएको हो कि भन्न्ने विषय समते उजागर भएको छ । भाइरसको भ्याक्सिन निर्माण गर्न विश्वले बजेट छुट्याएर कार्य गरिरहको छ । भ्याक्सिन निर्माणमा बील र मेलिन्डा गेट्स फउनडेशनले तिव्र कार्य गरिरहेको छ । विश्वभरको मेडिकलबाहेक अमेरिकाको मेडिकल सिस्टम निकै महँगो र निम्नवर्गका रोगीलाई उपचार गर्न समेत गाह्रो हुने गर्छ । त्यसकालागि चीनले अमेकिालाई गम्भीर रुपमा प्रस्तुत हुन सचेत गराएको छ ।
टेलिकम कम्पनी र मोबाइल कम्पनीहरु यस्को नियन्त्रण गर्न समेत सहयोग पुर्याइ रहेको छ । तर, ठूला औषधी कम्पनी भन्ने उक्त भाइरसको नियन्त्रण गर्न खासै रकम खर्च नगरको देख्न सकिन्छ । गत डिसेम्बरमा चीनको वुहान शहरमा कोरोना संक्रमणको पहिलो घटना दर्ता भएको छ मिनेट पछि न्यूयोर्क टाइम्सले खबर प्रकाशन गरेको थियो । चीनमा फैलिएको कोरोनालाई चिनियाँ सञ्चारमाध्यम थाहाँ किन पाएका थिएनन् ? तर, न्यू योर्क टाइम्सले उक्त खबर कसरी थाहा पायो ? भन्ने विषय समेतमा प्रश्न उठेको छ । भाइरसका संक्रमित व्यक्तिहरुका लागि शहर भन्दा अलग अस्पताल बनाएको छ । उक्त अस्पतालमा ६० गीगाहर्टजको क्षमतालाई नियन्त्रण गर्न सक्ने गरी निर्माण गरिएको छ जनाइएको छ ।
एस इ एस स्याटलाईटले विश्वका सम्पूर्ण नेटवर्क कभरेज नियन्त्रण गर्दा छ । उक्त नेटवर्कलाई नियन्त्रण गर्न फैलाएको समेत जनाइएको छ । सन् २०१९ को अगस्त महिनामा अमेरिकी भाइरस रिसर्च बेसले अचानक आपतकालीन बन्द गरेका थिए । बन्द गरेको एक महिनापछि अमेरिकी राज्यमा फ्लु भयाबह बनेको थियो । उक्त भाइरसको खोजी कार्य गर्नमा अमेरिका असफल रहेको जनाइएको छ । उक्त भाइरसबाट २०१९ मा ३७ हजारको अमेरिकामा मृत्यु भएको थियो । असफल भए पश्चात सन् २०१९ को अक्टोबर महिनामा चीनको हुबेइ प्रान्तको वुहान शहरमा भएको सैनिक खेलकुद कार्यक्रममा अमेरिकी राज्य को प्रतिनिधि भनेर एक सैनिक आएको थियो उक्त सैनिकले वुहानमा कोरोना भाइरसको संक्रमण फैलाएको जनाइएको छ ।
अमेरिकाले चाल चलेर अमेरिका आफै फसेको तर्क चिनियाँ कुटनीतिज्ञको रह्यो । चिनियाँ कुटनीतिज्ञ झाओ लिजियानले अमेरिकी सैनिकका कारण चीनमा कोरोना भाइरसको संक्रमण सरेको दाबी गरे । अमेरिकाले चीनमा कोरोना भाइरस फैलाएको चर्चा नचलेको होइन । अमेरिकाले भाइरसको विषय ठुलो नरहेको समेत जनाएको छ । भित्रिएको कोरोना भाइरसलाइ कुरा मात्र नगरी, नियन्त्रण गर्ने र गम्भीर रुपले प्रस्तुत हुन चिनियाँ अधिकारीहरुले सुझाब दिएका छन् ।
विश्वमा आर्थिक संकट
कोरोना भाइरसका कारण विश्वको बजारमा अत्याधिकमात्रामा घाटा परिरहेको छ । कोरोनाले निम्त्याएको आर्थिक मन्दीले सम्पूर्ण देशको अर्थ व्यवस्थामा धक्का पुगेको छ । विश्वभरका सम्पूर्ण लगानीकर्ताहरुले अन्य व्यावसाय नचलेको कारण लगानी गर्न सुनमा मात्र केन्द्रीत भएका छन् । यसकारण सुनको मूल्य निरन्तर आकाशिँदै गएको छ । भाइरसको कारण अमेरिकी डलरको भाउ अत्याधिक बढेर गएको छ । एसियाबाट सुरु भएको कोरोना भाइरसका कारण एसिया महादेश लगायात विश्व बजारमा धक्का पुगेको देखा परेको छ । सम्पूर्ण देशहरु अर्थिक मन्दी भोगी रहेको र विश्वको सम्पूर्ण कार्य ठप्प रहेको छ । कोरोनाले निम्त्याउने आर्थिक मन्दीले सम्पूर्ण विश्वलाई लामो समससम्म धक्का पुग्ने विज्ञहरु बताउँछन् ।
कोरोना भाइरसको विश्वभरी संक्रमित डेढ लाख पुग्दैछ । मृतकको संख्या पाँच हजार कटिसकेको छ । भाइरसका कारण मर्ने र संक्रमितको संख्या भन्दा पनि यसको आतंक झन् डरलाग्दो छ । कतिपय देश आफ्ना नागरिकमा पर्नसक्ने मानसिक क्षतिबाट चिन्तित छन् । देशनै ठप्प भएको अवस्था छ ।
विश्व स्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरिरहँदा रोगबाट अवसर खोज्नेहरु नभएका होइनन् । भाइरसबाट लाभ लिन औषधी र खोप कम्पनिहरु लागेका छन् । उनीहरु अरबौं खर्च गरेर खोप र औषधी बनाउन दिनरात लागिरहेका छन् । कोरोना भाइरसले विश्वमा तेलयुद्ध चलेको छ । तेल उत्पादन बढी गर्ने शक्तिशाली देशहरु रुस, अमेरिका र साउदी अरेयिबा तेलयुद्धमा सहभागी छन् । सुनको मूल्य आकाशिएको छ । रोगबाट आर्थिक लाभ लिनेहरु कस्सिनुले अर्को भयावह अवस्था आउने खतरा बढाएको छ । कोरोनाका नाममा सँसारभर अनेकन षड्यन्त्र भइरहेको छ । यसको उत्पत्ति पनि षड्यन्त्रको सिद्धान्तमा आधारित छ छैन ? यो प्रश्न तेर्सिएको छ ।-एजेन्सीको सहयोगमा