Logo

भारतमा कोरोना भाइरस संक्रमित संख्या १०७ पुग्यो



एजेन्सी, २ चैत्र । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १०७ पुगेको छ । आइतबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले महाराष्ट्रमा १२ संक्रमितको संख्या बढेसँगै १०७ पुगेको उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । संक्रमण रोक्न उसले भीसा बन्द गरेको छ । सीमा नाकामा कडाई गरेको छ । यद्यपि, संक्रमण बढिरहेको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र, केरला, उत्तर प्रदेश र दिल्लीमा बढी संक्रमण फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस्