Logo

रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय



प्रतिरक्षाले हामीलाई धेरै रोगहरुबाट सुरक्षित राख्छ र जब हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, तब सामान्य रोगहरुले पनि सजिलै आक्रमण गर्न सक्छन् । यस्तो अवस्थामा हामी बारम्बार बिरामी पर्न थाल्छौ । हाम्रो प्रतिरक्षा प्रणालीले हाम्रो शरीरलाई धेरै रोगहरुबाट सुरक्षित राख्छ । प्रतिरोधक क्षमताले हाम्रो शरीरमा भएको जीवाणुहरुको संक्रमणबाट बचाउने भूमिका खेल्छ ।

प्रतिरोधक प्रणाली बढाउने उपायहरु

काचो लसुन खानेः यसमा पर्याप्त मात्रामा एलिसिन, जिंक , सल्फर, सेलेनियम र भिटामिन ए पाइने हुनाले प्रतिरोधात्मक क्षमता प्रचुर मात्रामा हुन्छ ।

हरीयो वा कालो चियाः एक दिनमा एक कप मात्र पिउँदा फाइदा पुग्छ भने धेरै पिउँदा हानी गर्छ ।

दहिको सेवनः यसमा पाचन शक्ति बढि हुने भएकोले यो निकै क्षमता बढाउँनमा सहयोग गर्छ ।

ओट्स सेवनः ओट्समा पर्याप्त मात्रामा फाइबर पाउँनुका साथै एंन्टी–माइक्राबियल गुण पनि हुन्छ । हरेक दिन यसको सेवनले इम्युन सिस्टम बलियो बनाउँछ ।

भिटामिन ‘डि’ः हाम्रो लागि निकै महत्वपुर्ण हुन्छ । यसबाट रोगसँग लड्ने शक्ति मिल्ने गर्छ । यसले हड्डी बलियो बनाइ राख्नको लागि र दिल सम्बन्धी रोगहरुको लागि भिटामिन धेरै आवश्यक हुन्छ ।

घिटामिन ‘सि’ः यसले संक्रमक रोगको लागि निक फाइदा गर्छ । कागती र अमलामा पर्याप्त मात्रामा भिटामिन ‘सि’ पाइन्छ । यसले क्षमता यथावत् राख्नको लागि मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्