काठमाडौं, २ चैत्र । २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले आज उनीहरुको हेरफेर गरेको हो ।
हेरफेरमा सबैभन्दा आकर्षक मानिएको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी रमेशकुमार केसीलाई दिइएको छ । उनी कास्कीका सीडीओ थिए ।
कारागार व्यवस्थापन विभागको महानिर्देशमा प्रदीपराज कँडेललाई ल्याइएको छ । उनी धनुषाका प्रजिअ थिए । कारागार व्यवस्थापन विभाग आकर्षक मानिदैन ।
हीरालाल रेग्मी, हरिप्रसाद घिमिरे मुरारी वस्ती र जर्नादन गौतम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएका छन् ।
मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुण्यविक्रम पौडेल, धनकुटामा केशवप्रसाद बिमली, नवरपरासी पश्चिममा वासुदेव दाहाल, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिरहामा सरोजप्रसाद गुरागाईँ, तनहुँमा बद्रीनाथ अधिकारी, सिराहामा गोपालकुमार अधिकारी, बारामा रुद्रप्रसाद पण्डित, गुल्मीमा भरतकुमार शर्मा र धनकुटामा सीडीओको जिम्मेवारी पाएका छन् ।
कृष्णबहादुर घिमिरे सुनसरीको सहायक प्रजिअ, मोरङको सहायक प्रजिअमा ध्रुवबहादुर खड्का, सिराहाको सहायक प्रजिअमा अनुज भण्डारी र धनकुटाको सहायक प्रजिअमा भोजराज श्रेष्ठले जिम्मवारी पाएका छन् ।