काठमाडौं, २ चैत्र । कास्कीमा भूकम्प गएको छ । जिल्लाको लुम्ले केन्द्र बिन्दु बनाएर आज साँझ ८ बजेर ४६ मिनेट जाँदा पाँच रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प पाँच रेक्टर स्केलको थियो र यसले कास्की र आसपासका क्षेत्रमा मध्यम खालको धक्का महशुश गरिएको थियो । रातिको समयमा भूकम्प गएकाले मानिसहरु त्रसित भएको बुझिएको छ ।