Logo

मौरीलाई चरन अभाव



काठमाडौँ, ३ चैत । पछिल्लो समय ओखलढुङ्गामा मौरीको चरन क्षेत्र अभाव हुन थालेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा तोरीखेती हुन छाडेपछि मौरीको चरन क्षेत्र अभाव हुन थालेको हो । परम्परागत मौरी पालेका जिल्लाभरका किसान मौरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् ।

फागुन–चैत महिनामा गाउँका फाँटभरि तोरीका फूलले पहेँलै हुनुपर्ने भए पनि केही वर्षयता तोरीखेती गर्ने क्रम घट्दो छ । किसानले तोरी लगाउन छाडेपछि मौरीपालक किसान सम‚यामा परेका हुन् । तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, तोरी उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेसा गर्ने जनशक्तिको कमी लगायतका कारणले परम्परागत खेती प्रणाली नै यहाँका किसानले गर्न छाडेका छन् । जसले गर्दा तोरीखेती गर्ने किसान घटेका लिखु गाउँपालिका–६ का हरि भट्टराईको भनाइ छ । बेँसीका फाँटहरूमा हरेक हिउँदमा तोरी पहँेलै फुल्ने समयमा अहिले खेत बाझै रहेका छन्, वनजङ्गल पनि मासिँदो अव‚थामा भएका कारण मौरीको चरन अभाव भएको लिखु गाउँपालिका–६ का सरोज खत्रीले बताएका छन् ।

आफ्नो घरमा पु‚तौँदेखि नै परम्परागत रूपमा मौरी पाल्दै आएको र पहिले सबैले तोरीखेती मासेका कारण मौरीको चरन पनि मासिँदै गएको उनले बताएका छन् । मौरीले तोरीको फूलको रसबाट यो सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भए पनि तोरीको उत्पादन घटेसँगै मौरीको चरन अभाव हुँदै गएको हो । खिजीदेम्बा गाउँपालिका–२ रङ्गनीका मौरीपालक किसान लालबहादुर खड्काले पाँच–छ वर्षयता हिउँदका पाँच महिना मौरीलाई चरनको अभाव हुने गरेको बताएका छन् । विभिन्न प्रकृतिका विषादी प्रयोगले मौरी मर्ने र घारै रित्तिने सम‚या बढ्दै गएको उनले बताए । खड्काले घर वरपर एक दर्जन परम्परागत घारका मौरीलाई पनि चरनको अभाव भएको बताउनुभयो । रङ्गनीमा मात्रै १५–२५ परिवारले मौरीपालन गर्छन् । चिनी खुवाएर पाल्दा दुःख धेरै हुने, लगानी पनि बढ्ने र लामो समय चिनी खुवाउनुप¥यो भने मह पनि राम्रो नहुने मौरीपालक किसान बताउँछन् ।

किसानले जैविक मल र विषादी प्रयोग गरेर हिउँदे बाली लगाउने बेलासम्म मौरी फ‚टाउने गरेकामा अचेल उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, जथाभावी विषादी लगायतका कारणले मौरीको जैविक प्रणालीमा समेत गम्भीर असर परेको किसानले बताएका छन् । कतिपय मौरीपालक भने प्रविधिको अभावले पनि मौरीबाट उल्लेख्य लाभ लिन सकिरहेका छैनन् । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा मौरी किसानको यकिन तथ्याङ्क नभए पनि बर्सेनि करिब पाँचदेखि छ टनसम्म मह उत्पादन हुँदै आएको छ । पछिल्लो समय रासायनिक विषादी प्रयोग, जमिन बाँझो राख्ने लगायतका कारणले मौरीलाई गम्भीर असर परेको कृषि प्राविधिकहरूको भनाइ छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्