Logo

अनुदानमा सरकार झनै लचिलो



काठमाडौं,चैत ३ । सरकारले भूकम्पपीडितका लागि दिने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ । भूकम्पपछिको पुननिर्माण प्राधिकरणले अनुदान लिने समयसीमालाई पुनः थप विस्तार गर्दैै सहजता प्रदान गरेको हो ।

भूकम्पप्रभावित लाभग्राही तथा जनप्रतिनिधिको अनुरोध र सुझावलाई आधार मानेर प्राधिकरणले निजी आवास पुननिर्माण तथा प्रबलीकरण अनुदान लिने समयसीमा थप गरेको हो ।

नयाँ समयसीमाअनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५र०७६ बाट लाभग्राही कायम भएकाहरु, प्राधिकरणबाट २०७६ चैत मसान्तसम्म सम्झौता गरी पहिलो किस्ता लिन पाउने भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्