Logo

सुवेदी नबिल बैंकको प्रबन्धकमा नियुक्त



काठमाडौँ, ३ चैत्र। नविल बैंकले लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत कृष्ण सुवेदीलाई बैंकको प्रबन्धकमा नियुक्त गरेको छ । सुवेदी यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको रुपमा कार्यरत रहेका थिए । उनले यसअघि बोटलर्स नेपाल हुँदै एनएमबीबाट माछापुच्छ्रे बैंकमा पुगेका थिए ।

एनएमबी बैंकबाट वित्तिय क्षेत्रमा प्रवेश गरेका सुवेदीलाई संस्थागत बैंकिङ र बाह्य मामिलामा जानकार मानिन्छ । उनीसंग निजी क्षेत्र र सरकारी संस्थाबीच समन्वय कायम गर्ने क्षमताका आधारमा बैंकको प्रबन्धकमा नियुक्त गरिएको नविल बैंकले जनाएको छ । उनले केहि दिनमै जिम्मेवारी सम्हाल्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्